Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १४ गते सोमबार

महाकाली आयुर्वेदिक अस्पतालकाे निशुल्क विशेषज्ञ सेवा

खडक बहादुर काेली
 महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर कञ्चनपुरले निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आयुर्वेद सेवाको पहुँचबाट वञ्चित रहेका जनसमुदायहरूको स्वास्थ्यलाई मध्यनजर गरी शनिबार बेलडाडी गाउँपालिकाको  २ नम्बर नम्बर वडामा रहेको त्रिशुली विद्यालयमा शिविर सञ्चालन भएको हो। उक्त शिविरमा बाथ, अमलपित्त ,दम ,अपच, कब्जियत, रक्तचाप ,पाइल्स ,मधुमेह ,स्त्री रोग, छालाका बिरामी, पिसाब पोल्ने रोग, अर्थराइटिस लगायत ३ सय७० भन्दा बढी बिरामीहरूले निःशुल्क परामर्श बिरामी चेक जाँच औषधि वितरण तथा परामर्श सेवा लिएको महाकाली आयुर्वेदिक औषधालयका डा. सूर्य उपाध्यायले बताएका छन्। त्यसैगरी मधुमेहेको परीक्षण सुगरकिटको माध्यमबाट ५० जना मधुमेहका बिरामीको परीक्षण गरी औषधि वितरण गरिएको महाकाली आयुर्वेदिक अस्पतालका सह लेखापाल वीरेन्द्र चन्दले बताएका छन्। चन्दका अनुसार विगतका वर्षमा पनि पुनर्वासमा निःशुल्क शिविर गरिएको र वर्षको एक पटक शिविर सञ्चालन गरिने बताए। त्यसैगरी प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीका डा. दुर्गा ढुङ्गाना र विजयपुरीले स्वास्थ्य चेक जाँच परीक्षण तथा परामर्श दिएका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथि बेलडाडी गाउँपालिकाकी उपाध्यक्ष शान्तिनाथ रहेकी थिइन् भने विशिष्ट अतिथि २ नम्बर वडाका वडा अध्यक्ष नारद सिंह उर्याल रहेका थिए। आयुर्वेदिक उपचारबाट पिछडिएका, पहुँच कम भएका गरिब जनसमुदायहरूको लागि दक्षिणी भेग लगायत दुर्गम क्षेत्रहरूमा निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिने महाकाली आयुर्वेदिक औषधालयको उद्देश्य रहेको सहलेखापाल वीरेन्द्र चन्दले बताए। उक्त कार्यक्रममा बिरामीहरूलाई स्वास्थ्य परीक्षण निःशुल्क औषधि चेक जाँच र परामर्श दिइएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>