Samriddhipost
२०८२ असार २४ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १४ गते सोमबार

बार काउन्सिल सदस्यका लागि अधिवक्ताद्वय बिष्ट र कठायतकाे उमेदवारि

२६ माघमा हुने नेपाल कानून व्यवसायी परिषद् नेपाल बार काउन्सिल को सदस्यका लागि कञ्चनपुरका दुई कानुन व्यवसायी चुनावी मैदानमा उत्रिएका छन । बार काउन्सिल सुप प्रदेशबाट सदस्यका लागि अधिवक्ताद्वय टेक बहादुर कठायत र निरन्जन प्रशाद विष्ट चुनावी मैदानमा उत्रिएका हुन ।

अधिवक्ताद्वय विष्ट र कठायतले उम्मेदवारी दिएर जिल्ला सहित प्रदेशमा मत मागिरहेका छन । अढाई दशकदेखि कानुन व्यवसाय गर्दै आएका अधिवक्ता कठायत र दुई दशकदेखि कानुन व्यवसाय गर्दै आएका विष्ट एकै जिल्लाबाट देखिएका हुन ।

बार काउन्सिल सदस्यका उम्मेदवारद्वय विष्ट र कठायतले यस अघि बार काउन्सिलका सदस्य प्रकास राज पाण्डेय कार्यकालमा कार्यालय स्थापनादेखिका बाँकी काम अघि बढाउने, कानुन व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

आइतबार उच्च बार एशोसिएसनको कार्यालयमा जिल्लाका कानुन व्यवसायीहरुले दुवै उम्मेदवारलाई जितको शुभकामना दिदै कानुन व्यवसायीको पेशागत हकहित बारको गरिमा जोगाउन सुझाव दिएका छन। उच्च बार एशोसिएसनका अध्यक्ष भुपेन्द्र सिह विष्ट, बरिष्ठ अधिवक्ता मदन वहादुर चन्द, अधिवक्ता एव जिल्ला बारका सचिव शंकर विष्ट, बार काउन्सिलका सदस्य प्रकास राज पाण्डेयले कानुन व्यवसायीको हकहितका क्षेत्रमा काम गर्न अग्रिम शुभकामना दिएका छन ।

यस अघि कञ्चनपुरबाट बार काउन्सिलको सदस्यमा स्व. बरिष्ठ अधिवक्ता थानेश्वर प्रशाद भट्ट, नारायण खत्री, नित्यानन्द पाण्डेय र प्रकास राज पाण्डेयले नेतृत्व लिईसकेका थिए । कञ्चनपुरमा मात्रै १ सय १९ एवं सुप प्रदेशभरी २सय ७९ मतदाता रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>