Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १४ गते सोमबार

अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि दुई जना पक्राउ परेका छन्। शनिबार साँझा ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने ओडारको जंगलमा मृत फेला परेका थिए।

सोही घटनाको अनुसन्धानका लागि शंकास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए। प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने सार्वजनिक गरेको छैन। 

डीएसपी भण्डारीका अनुसार शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू सोही दिनदेखि बेपत्ता भएका थिए। ‘प्रहरीलाई भने दोस्रो दिन अर्थात् शनिबार साँझ इश्वरीको शव फेला परेपछि खबर गरिएको थियो,’ डीएसपी भण्डारीले भने, ‘इश्वरीको शव नजिकै सरस्वती पनि मृत फेला परिन्। शनिबार राति भइसकेकोले घटनास्थल सुरक्षाको काम मात्रै भएको थियो।’

आइतबार भने घटनास्थलमा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, अछाम प्रहरी प्रमुख भण्डारीसहितका अधिकारी पुगेका थिए। अछामका प्रहरी प्रमुख भण्डारीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरको केनाइन शाखाबाट ल्याइएको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको थियो।

डीएसपी भण्डारीले दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भेरी लगिएको जानकारी दिए। ‘घटनामा विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘हामीले दुई जनालाई पक्राउ गरेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएका छौं।’

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>