पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप एचपिभी खोप अभियान २०८१ बारे संचारकर्मी संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप एचपिभी खोप अभियान २०८१ बारे कञ्चनपुरका सञ्चारकर्मीहरु संग अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको खोप फोगल पर्सन जनक कुँवरले बताउनु भयो।
स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लामा सञ्चालन गर्ने पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप एचपिभी खोप अभियान २०८१ बारे प्रस्तुतीकरण स्वास्थ्य कार्यालय कञ्चनपुरका तथ्याङ्क सहायक / सूचना अधिकारी खगेन्द्र कार्कीले गर्नु भएको थियो।
उनले फागुन २२ गते क्यान्सर दिवसको अवसरमा सुरु हुने र फागुन ६ सम्म विद्यालयमा खोप केन्द्र राखेर खोप अभियान सञ्चालन गर्ने योजना रहेको छ। खोप लगाउने लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरु, विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरु रहेका छन्।
कञ्चनपुरमा २७ हजार ७ सय ६५ जनालाई ४ सय २३ केन्द्रमा विद्यालय ३ सय ४४ र अन्य ८२ बाट खोप स्वास्थ्यकर्मी ४ सय २६ र स्वयम् सेवक ८ सय ५२ जनशक्ति खटाइने स्वास्थ्य कार्यालयको कार्यतालिका रहेको छ। अभियानमा खोप लगाउन छुटे पछि पछि खोप लगाउन पर्ने गाह्रो रहेको नितिमा उल्लेखित रहेको बताए। जसले नियमित खोप लगाउनमा नसकिने बताए।
विद्यालय जानेको लक्षित समुह संख्या २६ हजार ८०२, विद्यालय नजानेको संख्या ९ सय ६३ जना किशोरीहरु रहेको छ। गत वर्ष खोप १० हजारलाई लगाएको थियो।
उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशी, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामी, उद्धब ठगुन्न, जनक कुँवर लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु को उपस्थिति रहेको थियो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया