दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा सडक निर्माणको क्रममा पहिरो खस्दा पाँच दिनदेखि अवरुद्ध महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड पहिरो पन्छाएर सुचारु भएको छ ।
अवरुद्ध सडक सञ्चालनको लागी निर्माण व्ययसायीले स्काइभेटर मेसिन लगाएर हिजो देखि काम थालेकोमा आज दिउँसोपछि यातायातका साधनहरू पास भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । सडक भासिएकोले अहिले पनि उक्त क्षेत्रमा जोखिम भने कायमै रहेको छ ।
सडक अबरुद्ध हुदा जिल्लाका विभिन्न स्थानका साथै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँका लागि छुट्ने र जिल्ला सदरमुकाम खलंगा भित्रिने यातायातका साधनहरु र यात्रुहरुलाई समस्या भएको थियो । खलंगाबाट किम्तडीसम्म पैदल हिडेर यात्रा गर्न समेत असहज भइरहेको थियो । जिल्ला सदरमुकाम जोड्ने राजमार्ग अवरुद्ध भएपछि किम्तडीबाटै सवारीसाधनहरु ओहोरदोहोर गरिरहेका थिए । सडक सञ्चालनमा आएसंगै यात्रु र व्यवसायीलाई सहज भएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया