खडक ब काेली
अमर शहीद आधारभूत विद्यालय कञ्चनपुरको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाइएको छ । भीमदत्त नगरपालिका वडा नं. १८ जानकीटोलमा रहेको विद्यालयले बुधबार ३२ औं शहीद दिवस वार्षिकोत्सव तथा अभिभावक दिवस एवं शहीद दिवस मनाइएको हो । उक्त वार्षिकोत्सवमा प्रमुख अतिथि रहेकी भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशीले विद्यालयको लागि अतुलनीय काम गरेको भन्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद जोशीले बताएका छन । प्रअ जोशीले बहिरा तथा सुस्त श्रवण भएका बालबालिकाहरुका लागि विद्यालयमा ३० जनाको कोटा रहेकोले विभिन्न ठाउँहरुबाट भर्नाका लागि बालबालिका आउने गरेकोले कोटा अपुग भएकोले ५० जना विद्यार्थीको कोटा बढाईदिनको लागि भीमदत्त नगरपालिकालाई माग गरेको प्रधानाध्यापक हरि प्रसाद जोशीले बताए । उनले ६ देखि ८ कक्षाको अनुमतिका लागि समेत आग्रह गरेका छन । उपप्रमुख जोशीले वार्षिकोत्सव समारोहमा बोल्दै बहिरा तथा सुस्त श्रवण भएका बालबालिकाहरुका लागि नगरपालिकाबाट हुने भवन लगायत अन्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छन । कार्यक्रममा सभापति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद कडेलले विद्यालय विभिन्न आरोह अवरोहका बाबजुत पनि यहाँसम्म पु¥याउनु हुने अभिभावक, बुद्धिजीवि, स्थानीय सरकार, सरोकारवाला सबैलाई धन्यवाद दिएका छन । भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सामान्य बालबालिकाको भन्दा सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई विद्यालयले ध्यान दिनुपर्ने, विशेष कक्षा ८ सम्म हुनुपर्ने, सुदूरपश्चिमको भीमदत्त नगरपालिकाको अमर शहीद विद्यालय र पहाडी जिल्लाको बुडरमा रहेकोले यस किसिमका विद्यालयलाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार लगायत सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिएका छन । भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले विकासको साथसाथै शिक्षा क्षेत्रमा सवांङ्गीण विकास अपरिहार्य रहेको उल्लेख गर्दै आफ्नो वडामा ६ वटा सामुदायिक विद्यालय रहेको र भौतिक संरचनाको अभाव रहेको विद्यालयहरुमा भवन निर्माणको लागि नगरपालिकाले सहयोग गर्नुपर्ने र गुणस्तरीय शिक्षा दिनुपर्ने सबै विद्यालयहरुको अहम भूमिका रहेको देवकोटाले बताए । त्यसैगरी भीमदत्त न.पा. ४ का वडा अध्यक्ष शुसिल कुमार भट्टले अमर शहीद विद्यालयमा सामान्य बालबालिका र फरक क्षमता (बहिरा, सुस्त श्रवण) भएका बालबालिकाहरुको पढाई हुने विद्यालय भएकाले यसमा शिक्षक, स्थानीय सरकारका जनप्रतिनिधि, संघसंस्थाले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भट्टले बताए ।हाजिरी जवाफ प्रतियोगिता, दौड लगायत विभिन्न विजयी खेलाडी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाइएको थियो । कार्यक्रमको सञ्चालन स्रोत शिक्षक सोमराज जोशीले गरेका थिए भने कार्यक्रममा अभिभावक, बुद्धिजीवी, जनप्रनिति, संघसंस्था, सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया