Samriddhipost
२०८१ माघ १८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ माघ १७ गते बिहिबार

कानुनका विद्यार्थीहरुलाई माइती नेपालको कानुनी अनुशिक्षण

मंगल जाेशी

माइती नेपाल कञ्चनपुरले कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैंगिक हिंसा विरुद्ध कानुनी अनुशिक्षण प्रदान गरेको छ । सुदुरपश्चिम विश्वविद्यालय, केन्द्रीय कानुन विभाग, कानुन संकाय अन्तरगत छैटौ सेमेष्टरका विद्यार्थीहरुलाई सो अनुशिक्षण प्रदान गरिएको हो । 
सुदुरपश्चिम विश्वविद्यालय, कानुन संकायले आयोजना गरेको स्वच्छ स्वास्थ्यका लागि साइकिलङ्ग र स्पष्ट न्यायका लागि फिल्ड भिजिट कार्यक्रम अन्तरगत फिल्ड भिजिटको क्रममा माइती नेपाल कञ्चनपुरको कार्यालयमा आइपुगेका विद्यार्थीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी गराउनु भयो ।
अनुशिक्षणका क्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, नियमावली २०६५ र ऐनमा भएका संशोधनहरुसंगै मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध विद्यमान कानुनका बारेमा विद्यार्थीहरुलाई संक्षिप्त जानकारी गराईएको हो । यस बाहेक मानव बेचबिखनका समस्याहरु, कारणहरु र निराकरणका जटिलताहरुका बारेमा फनि विद्यार्थीहरुलाई जानकारी गराईएको छ । 
अन्तरक्रियात्मक ढंगबाट सञ्चालन गरिएको अनुशिक्षणमा कार्यत्रमका सहभागि मध्ये दिल विक्रम धामीले भने– यो अनुशिक्षण हाम्रा लागि अत्यन्तै लाभदायक र प्रभावकारी छ । हामीले कलेजमा पढिरहदां सैद्धान्तिक कुराहरुका बारेमा बढी जानकारी पाउंछौ । आजको यस कार्यक्रममा सहभागि भएर मानव बेचबिखन र लैंगिक हिंसाको वास्तविक रुप रेखा थाहा पाउन सक्यौ । आज यो पाएको शिक्षालाई हामीले आफ्नो दैनिक जीवनमा पनि लागु गर्ने र यस्ता घट्नाहरुमा माइती नेपाललाई सक्दो सहयोग गर्ने छौ भनि प्रतिबद्धता जनाए । 
त्यस्तै कार्यक्रमका अर्का सहभागि रिजन बुढाले कलेजमा पढ्दा सम्बन्धित विषयमा आधारभुत सैद्धान्तिक ज्ञान प्राप्त गरे तापनि यसको वृहत स्वरुप आजको यस कार्यक्रमबाट पाएको बताए । उनले भने–के कस्तो किसिमले मानव बेचबिखन हुदो रहेछ तथा भारतका कोठीहरुमा रहेको पीडितहरुको उद्धार र पुनर्स्थापना कार्यमा कस्ता जटिलता/चुनौतीहरु हुदां रहेछन् र त्यसमा राज्यको भुमिका केकस्तो हुने रहेछ भनि विस्तृत जानकारी पायौ । हामी भिजिटकै क्रममा छौ तर यस्तो जानकारी अन्यत्र कहीबाट पाउन सकेका थिएनौ । यस्तो मज्जाले बुझाइदिनु भएकोमा माइती नेपाललाई हामी सुदुरपश्चिम विश्वविद्यालय कानुन संकाय अन्तरगत छैटौ सेमेष्टरमा अध्ययनरत सबै विद्यार्थीहरुको तर्फबाट एकमुष्ट हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछु ।
उसो त समन्वय, सहयोग र सहकार्यको पाटोमा माइती नेपाल र सुदुरपश्चिम विश्वविद्यालयको निकै सौहार्दपुर्ण र घनिष्ठ सम्बन्ध रहेको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भन्नुभयो–सु.पसंग हाम्रो राम्रै सम्बन्ध छ, यस अघि पनि मानविकी तथा समाजशास्त्र संकाय अन्तरगतका विद्यार्थीहरुलाई हामीले नियमित रुपमा अनुशिक्षण दिदै आएका थियौ । यस पटक कानुन संकायका विद्यार्थीहरु पनि आउनुभयो त्यसका लागि म विश्वविद्यालय परिवार र सम्बन्धित विभागलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । 
माइती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार र लैंगिक हिंसा नियन्त्रणका लागि समुदायस्तर, विद्यालय र विश्वविद्यालयस्तरमा निरन्तर सामाजिक सचेतना अभियान चलाउंदै आएको छ । “हामी घरदैलोमा जान्छौ, सार्वजनिक स्थलमा पुग्छौ, विद्यालयमा जान्छौ, समुदायस्तरमा रहेका संघसंस्थाहरुसम्म पुग्छौ, विश्वविद्यालयसम्म पुग्छौ अनि मानव बेचबिखन तथा लैंगिक हिंसा नियन्त्रणका लागि अभियान नै चलाएर सक्दो प्रयास गर्दछौ –संयोजक भट्टले भन्नुभयो ।
माइती नेपाल कञ्चनपुर महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने जिल्ला कै उत्कृष्ट र अग्रणी संस्था हो । बि.स. २०५९ सालमा कञ्चनपुरमा शाखा बिस्तार भए संगै माइती नेपालले बिगत २२ बर्ष देखि महिला तथा बालबालिकाका हक हितको संरक्षण सम्बर्धनका क्षेत्रमा उल्लेखनिय यौगदान गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>