Samriddhipost
२०८१ माघ १९ गते शनिबार
महेन्द्रनगर
२०८१ माघ १८ गते शुक्रबार

साहित्यकार सिर्जन श्रीको सातौँ कृति  "घाउमाथिका चुम्बन"लोकार्पण

साहित्यकार सिर्जन श्रीको सातौँ कृति "घाउमाथिका चुम्बन गजल- सङ्ग्रह " यही माघ १६ गते लोकार्पण भएको छ।
माटो हाँस्छ गजल- सङ्ग्रह  २०६४ मार्फत पहिलो कृतिगत पाइला अगाडि सार्नुभएका सिर्जन श्री को घाउमाथिको चुम्बन "दशरथ चन्द साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय  काव्य गोष्ठी बस्कोट बैतडीमा बिमोचन भएको हो ।
लामो समय प्रवासमा बसेर नेपाली साहित्य र नेपाली गजललाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सिर्जन अनाममण्डली मलेसिया र अन्तर्राष्ट्रिय गजल मन्चका संस्थापक समेत हुनुहुन्छ ।
हाल प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका र अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिब रहनु भएका सिर्जन विभिन्न साहित्यिक र सामाजिक सङ्घ संस्थाहरूमा समेत आबद्ध हुनुहुन्छ ।
सुदूरपश्चिम सरकारबाट प्रादेशिक प्रतिभा पुरस्कार (२०७९)बाट सम्मानित सिर्जन श्रीले देवकोटा पुरस्कार सन २००८,मानसखण्ड चर्मण्यावती साहित्य 
गौरव सम्मान २०८०,बुलन्दी साहित्यिक सेवा समिती भारत र गुगुल्डी  वाङ्मय प्रतिष्ठान नेपालद्वारा सयुक्त रूपमा साहित्य गौरव सम्मान २०८१,
अमर शहीद दशरथ चन्द स्मृति राष्ट्रिय प्रतिभा सम्मान २०८१,
देवनागरी सम्मान २०२४ उत्तराखण्ड भारत,
मानसखण्ड साहित्य सम्मान २०८१,  
उदाउँदो तारा साहित्य सम्मान २०६६,
पश्चिमी ताराको उपाधी २०६३,
काव्यघर सम्मान २०७५,
नयन साहित्य सम्मान ,
प्रतिभा सम्मान,
समकालीन साहित्य सम्मान ,
उदय साहित्य सम्मान २०८१,
साहित्य श्री बड्वाँइ पत्तर २०७५,
हाम्रो आवाज साहित्य सम्मान २०६४,
श्रम साहित्य सम्मान २०६५,
पृष्ठभूमि साहित्य सम्मान २०१३;
अनाममण्डली मलेसियाबाट  अभिनन्दित २०१३, 
क्षेत्रीसमाज मलेसियाबाट सम्मानित ,
अभिलेख साप्ताहिक मलेसियाबाट  सम्मान 
,साहित्यिक चौतारी मलेसियाबाट  सम्मानित २०१६,
किराँत धर्म तथा साहित्य उत्थान संघबाट सम्मान २०१५,महाकाली गजल प्रतिष्ठानबाट अभिनन्दित २०७०,
बर्ष  तन्नेरी घोषित tanneri.com २०६५,टीकाराम पाण्डे एकाकी स्मृति साहित्य मैत्री सम्मान २०२४ भारत  लगायतका पचासौँ पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ ।
उहाँका माटो हाँस्छ,बिम्ब,माटो भन्नु मुटु रैछ,समुद्र दन्केपछि,सिर्जनाका स्वरहरू,समुद्रका छल्का लगायतका सङ्ग्रहहरू प्रकाशितछन् ।
दीपान्जली गजल प्रधान पत्रीका ,यात्रा,सिर्जनाका स्वरहरू र ह्याँकको सम्पादन गरि सक्नु भएका सिर्जन मुलत: गजल बिधामा चलाउनु हुन्छ ।यसका अतिरिक्त कविता,नियात्रा ,समालोचना,भूमिका लेखन ,मुक्तक र गीतमा पनि कलम चलाउनुहुने उहाँका केही गीत गाइएका पनि छन् ।

माघ १६ गते शहीद दिवसको दिन 
"दशरथ चन्द साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय  काव्य गोष्ठी बस्कोट" बैतडीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले लोकार्पण गर्नु भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञद्वय डा.मधुसुदन गिरि र डा. कृष्णराज अधिकारीका साथै क्यानका अध्यक्ष चतुर बहादुर चन्द,दशरथ चन्द नगरपालिकाका नगर प्रमुख लाख्खाभाई, बैतडीका cdo, साहित्यकार वीर बहदुर चन्द विश्राम, श्रेष्ठपृया पत्थर,हेमबाबु लेखक,रमेश पन्त मितबन्धु,कविराज भट्ट,हरिष भट्ट,स्यामसुन्दर ढकाल,टेकराज पन्त,मुकुन्द कलौनी,बासुदेव पाण्डे,तिर्थराज पाण्डे,पन्चमराज भट्ट,तिर्थराज जोशी,प्रजापति नेगी,लोकबिक्रम मल्ल,चाँदनी भट्ट, तेजराम लोहार,प्रेमप्रकाश कलौनी,नारा जोशी,हेमन्ती जोशी,चन्द्रकला पन्त,धर्मराज जोशी,तोयनाथ भट्ट,नारायणी भट्ट,भारतबाट आउनुभएका डा.अरुणप्रताप भदौरिया, ललित मैर्य,प्रयागी,बिबेक बादल,भगवती दनपुरिया,ललित लोहार लगायतका सयौं साहित्यकार र  कलाकारहरू हुनुन्थ्यो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>