प्रेस सेन्टर नेपाल कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
शनिबार धनगढीमा आयोजित एक कार्यक्रमका बीच छठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका हुन् ।नवनिर्वाचित समितिलाई नेकपा (माओवादी) केन्द्रका प्रदेश कमिटी सह–सचिव तथा फ्र्याक्सन इन्चार्ज केशवनाथ योगीले सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक मदनराज जोशीले प्रमाण पत्र प्रदान गरेका थिए ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष रामसिंह ठगुन्नाको अध्यक्षता भएको सपथ ग्रहण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु ओमप्रकाश पुन,रमेशसिंह धामी,लक्षीराम आचार्य,संगठनका केन्द्रीय सचिव हरिश विक, केन्द्रीय सदस्य मुकेश टेर्रां,प्रदेश अध्यक्ष भुवन बोहरा,महासचिव कर्ण चन्द,निवर्तमान कैलाली जिल्ला अध्यक्ष तेजराज भट्टलगायतको उपस्थिति रहेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया