Samriddhipost
२०८१ माघ २० गते आइतबार
झलारि
२०८१ माघ २० गते आइतबार

वडा सचिव भट्टकोे बिदाई

भाेजराज जाेशी

शुक्लाफाँटा नगरपालिका ७ को वडा सचिवका रुपमा कार्यरत महेश प्रसाद भट्टको विदाई गरिएको छ । आईतबार वडा कार्यालयले राखेको फेरीभेटौला कार्यक्रममा वडा सचिवका रुपमा रहेका महेश प्रसाद भट्टको विदाई गरिएको हो ।

२०७० सालबाट निजामति सेवामा प्रवेश गरेका भट्टले खरिदार पदबाट तत्कालीन बझाङ् जिल्लामा गाउँ विकास समितिको कार्यलयबाट काम थाल्नुभएको थियो । बझाङ् जिल्लाका विभिन्न गाउँ विकास समितिको काम सम्हालेका खरिदार भट्टले हालै सामान्य प्रशासन समुहको राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बामा प्रथम श्रेणीमा नाम निकालेर बैतडीको पुर्चौडी प्रशासनमा गएका छन् ।

स्थानिय सरकारका रुपमा शुक्लाफाँटा नगरपालिका स्थापना भए देखी उहाँले नगरपालिकाको वडा नं. ७ मा सेवा दिदै आएका थिए । लोक सेवा आयोगले लिएको परिक्षामा सामान्य प्रशासन समुहको राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बामा नाम निकालेका महेश प्रसाद भट्ट वडा नं. ७ का स्थानिय हुन । उहाँले पु¥याएको सेवाका बारेमा स्थानियहरु निकै खुसी छन् । वडा अध्यक्ष प्रताप धामीले उहाँलाई फेरीभेटौला कार्यक्रममा शुभकामना दिदै पालिकाकै उत्कृष्ट सेवा प्रवाह गरेकोमा खुसी हुँदै शुभकामना र बधाई दिनुभयो ।

आईतबार फेरीभैटौला कार्यक्रममा सहभागि रहेका नेपाली कांग्रेसका वडा सभापति अर्जुन मल्ल, नेकपा माओवादी केन्द्रका नरेन्द्र धानुक लगायतका नेता तथा स्थानियहरुले वडा सचिव रहेका भट्टको खादा, माला तथा दोसल्ला सहित बिदाई गरेका छन् ।

आईतबारबाट नयाँ वडा सचिवका रुपमा पिताम्बर स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य अधिकृत भुवन राज पाण्डेयले कार्यभार सम्हालेका छन् । वडा कार्यलयमा कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतीकदलका नेता, जनप्रतिनिधि र स्थानियहरुको उपस्थिती रहेको शुक्लाफाँटा नगर कार्यपालिकाकी सदस्य सरस्वती जोशीले बताउनुभयो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>