प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज देवी सरस्वतीको पूजा–आराधना तथा वसन्त श्रवण गरेर मनाइँदै छ।
यसै अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा देशभर निष्ठापूर्वक गरिँदै छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्छन्।
विद्या र सिर्जनाकी देवी सरस्वतीको विशेष रूपमा साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले पूजा आराधना गर्छन्। कलम, कापी, कुची, वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्ने परम्परा रहेको छ। तान्त्रिकहरू सरस्वतीलाई तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।
सूर्य उत्तरतिर लागी दिन लामो हुने तथा वसन्त ऋतुको सुरुवात हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ भनिन्छ। ऋग्वेदमा वाग्देवीका रूपमा वर्णित ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
आजका दिन बालबालिकालाई शिक्षारम्भ गराउने तथा नाक–कान छेड्न शुभ मानिन्छ। विवाह, व्रतबन्ध, गुफा राख्ने, बेलविवाह (इही) जस्ता धार्मिक कार्य गर्न साइत नहेर्नुपर्ने परम्परा रहेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया