Samriddhipost
२०८२ जेठ ०१ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २३ गते मङ्गलबार

बैतडीका दुई स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले सात महिनादेखि तलब पाएका छैनन्।
डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकाका स्वास्थ्यकर्मीले मन्त्रालयबाट रकम निकासामा ढिलाइ हुँदा तलब नपाएको गुनासो गरेका हुन्। स्वास्थ्य कार्यालय बैतडीद्वारा आइतवार आयोजित अन्तरपालिका बैठकमा डिलासैनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम नाथले नियमित तलब नपाउँदा स्वास्थ्यकर्मीहरूलाइ समस्या परेको बताए।
यस्तै, सिगास गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक वीरेन्द्र क्षेत्रीले गत वर्ष पनि असार महिनासम्म तलब नआएको र चालु आर्थिक वर्षमा पनि माघसम्म पारिश्रमिक नपाएको बताए। बैठकमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले सबै तहबाट आवश्यक पहल गर्नुपर्ने बताए। जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सम्बन्धी समस्या समाधान गर्न मन्त्रालयसँग समन्वय गर्ने बताए।

अन्तरकृयामा अधिकांश स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखले कर्मचारी अभाव रहेको गुनासो गरे। शिवनाथ गाउँपालिकामा तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी अभाव भएको बताइएको छ। गुणस्तरीय सडक तथा एम्बुलेन्स सेवाको अभावकै कारण चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सिगास र पञ्चेश्वर गाउँपालिकामा दुई गर्भवती महिलाको मृत्यु भएको छ भने नवजात शिशु मृत्यु दरसमेत बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए।
बैतडीमा १० वटा स्थानीय तहका ८४ वडामा आधारभूत स्वास्थ्य चौकी, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १ जिल्ला अस्पताल, ३०५ गाउँघर क्लिनिक र ३२४ खोप क्लिनिक रहेका छन्। तर, आवश्यक जनशक्ति अभावका कारण सेवा प्रभावकारी बन्न नसकेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>