Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २२ गते मङ्गलबार

प्रेस चाैतारिकाे २७ औँ स्थापना दिवसका अवसरमा महेन्द्रनगरमा अनाथालयमा खाध्यान्न र फलफुल बितरण ।

प्रेस चौतारी नेपाल कञ्चनपुरले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफूल, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ।

आज (मंगलबार) आयोजित विशेष कार्यक्रममा अनाथ बालबालिकालाई आवश्यक सामग्री वितरण गर्दै चौतारीका अध्यक्ष लक्ष्मण पन्तले यसखाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले प्रेस जगतलाई मात्र होइन, समग्र समाजलाई नै सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता सहयोगका गतिविधिहरू निरन्तर आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, कञ्चनपुर पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थी, विभिन्न सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

सामाजिक सेवाका लागि सञ्चार क्षेत्रको अग्रसरता प्रेरणादायी भएको सहभागीहरूको धारणा थियो। अनाथालयका तर्फबाट पनि सहयोगप्रति खुशी व्यक्त गर्दै आयोजक तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>