Samriddhipost
२०८१ माघ २३ गते बुधबार
महेन्द्रनगर
२०८१ माघ २३ गते बुधबार

अपिहिमालमा एक विद्यालय एक ल्यापटप कार्यक्रम

दार्चुलाका ११ विद्यालयमा ल्यापटप वितरण गरिएको छ । जिल्लाको अपिहिमाल गाउँपालिकाभित्रका ११ ओटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो ।  
गाउँपालिकाले 'एक विद्यालय, एक ल्यापटप' कार्यक्रम अन्तर्गत पालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई ल्यापटप प्रदान गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले पालिकाभित्र सञ्चालनमा रहेका २२ ओटा सामुदायिक विद्यालयमध्ये आइतबार ११ ओटा विद्यालयलाई ल्यापटप प्रदान गरिएको बताए । अन्य ११ ओटा विद्यालयलाई भने यसअघि नै ल्यापटप प्रदान गरिसकिएको उनले बताए । 
अध्यक्ष बोहराले प्रायजसो सम्पूर्ण कार्यहरु अनलाइनबाटै सम्पादन गरिने भएको हुँदा विद्यालयको नियमित प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउनुका साथै एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन ल्यापटप वितरण गरिएको बताए । विद्यालयहरुमा ल्यापटप नहुँदा स-सानो कामका लागि पनि बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब विद्यालयहरुले सम्पूर्ण प्रशासनिक कार्यहरु सहजै समपादन गर्न सक्ने उनले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>