Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २३ गते बुधबार

समयमा परीक्षा नभएकाे भन्दै सुदुरपश्चिमका विद्यार्थी पुगे अदालत

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थि विश्वविद्यालय विरुद्ध अदालत पुगेका छन । विद्यार्थीले नै विश्वविद्यालय विरुद्ध अदालतमा रिट दर्ता गरेका हुन। सोमबार विश्वविद्यालय लगायत अन्य कायर्यालयलाई विपक्षी बनाएर सुदुरपश्चिम विश्वविद्यालयकै कानून संकायमा अध्ययरत विद्यार्थीहरूले उच्च अदालत दिपालय महेन्द्रनगर ईजलासमा रिट दर्ता गराएका हुन । 
विद्यार्थीहरुले माध्यमिक शिक्षा (प्लस टू) पछि हुने पाँच वर्षे विएएलएलबी कोर्ष विश्वविद्यालय प्रशासनको लापरवाहीका कारण बढी समय व्यतीत हुने भन्दै रिट दर्ता गराएका छन ।

उनीहरूले पाँच वर्षको कोर्ष मनासिव समयमै सम्पन्न गर्न माग गर्दै मुद्दा हालेको जनाएका छन । साथै विएएल एलबी सातौं सेमेस्टरको यसै वर्ष कार्तिकमा हुनुपर्ने परीक्षा फागुन सम्म समेत नभएको विषयलाई जिकिर लिंदै उक्त परीक्षा फागुन १३ भित्र सम्पन्न गर्न आदेश माग समेत गरेका छन ।

विद्यार्थी महेश सिह साउद, गणेश सार्की, जिवन नाथ योगी, गौरव नाथ योगी, नविन भट्ट, राजु रावत, नरेन्द्रराज जनोशी, भिमदत्त भट्ट सहितका विद्यार्थी दायर गरेको रिटमा सुदुरपश्चिम विश्वविद्यालय उपकुलपति रजिस्टारको कार्यालय, सुदुरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, विश्वविद्यालयको कानून संकायको डीन कार्यालय, सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय वि ए एल एल बी प्रोग्राम महेन्द्रनगर तथा कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन ।

यस अघि विद्यार्थीले आफ्‌ना माग पुरा गराउनका लागि तालाबन्दीदेखिका सडक आन्दोलन गर्दै आएपछि सम्भवत पहिलो पटक न्यायालय पुगेको दावि गरिएको छ । विश्वविद्यालयको लार्पबाही बेथिति विरुद्धमा विद्यार्थी आन्दोलनको नयाँ शैली अपनाएका छन। सुप विश्वविद्यालयका परिक्षा नियन्त्रक अनुराधा राेकायाले  कार्यालयलाई दिईएकाे समय तालिका अनुरुप परीक भई गराईरहेको उक्त परिक्षा फागुन १८ गते देखि हुने क्यालेण्डर रहेकाे बताउनुभयाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>