Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २७ गते आइतबार

इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन, स्वास्थ्य सेवा पाउन सहज हुने ।

प्रिति चन्द/ ओम प्रकाश धामी

नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नौगाड गाउँपालिका वडा नं. १ स्थित उक्त भवनको संयुक्त रूपमा उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर श्री अविनाश कुमार सिंहज्यू र नौगाड गाउँपालिकाका अध्यक्ष श्री दलजीत सिंह धामीज्यूले गर्नुभयो।

उक्त स्वास्थ्य चौकी भवन निर्माण भारत सरकारको नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिएको आर्थिक सहयोगमा सम्पन्न भएको हो। नयाँ स्वास्थ्य चौकी भवनले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका काउन्सिलर श्री अविनाश कुमार सिंहले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा विकासका अन्य क्षेत्रमा भारत सरकारले निरन्तर सहयोग गर्दै आइरहेको उल्लेख गर्नुभयो। साथै, नौगाड गाउँपालिकाका अध्यक्ष श्री दलजीत सिंह धामीले गाउँपालिकाको समग्र विकासमा भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यस स्वास्थ्य चौकीले स्थानीय नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

यस उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू, स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो नयाँ स्वास्थ्य चौकी सञ्चालनमा आएपछि नौगाड गाउँपालिका वडा नं. १ र आसपासका क्षेत्रका नागरिकहरूले गुणस्तरीय प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>