Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ ०८ गते शनिबार

थप बढ्याे न्युनचापिय असर कहाँ कहाँ कस्ताे अवस्था हुने

नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपातबाट हुने समस्या थपिने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम बदली बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हालको प्रणाली शनिबारदेखि बाहिरिने भनिए पनि थपिएको जलवाष्पका कारण अझ बलियो बन्न पुगेको महाशाखाले जनाएको छ । जसका कारण शनिबार, आइतबार र सोमबारसम्म नै यस प्रणालीले देशव्यापी प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरी जनाएको छ ।
यस प्रणालीको बढी प्रभाव देशको सुदूूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा हुँदा पूर्ण बदली रहने र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । बढी प्रभाव पर्ने स्थानका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ । ती प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । बागमती, प्रदेश १, मधेस प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा पनि हल्का वर्षा हुने अनुमान गरिएको छ । मङ्गलबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै क्रमिक सुधार हुने महाशाखाले उल्लेख गरेको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>