Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २८ गते सोमबार

नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसद शर्माविरूद्ध मुद्दा नचल्ने निर्णय

नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लुम्बिनी प्रदेशकी सांसद शर्मालाई मुद्दा नचलाउने निर्णय गरेको हो । 
माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्ताेषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका हुन्।  सोही आधारमा २० गते उच्च सरकारी वकिल कार्यालय पाटनलाई समेत पत्राचार गरेको थियो। उक्त विषयमा सूचना माग गर्ने क्रममा यस्तो जानकारी गराएको हो। 
अब यसको अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुने जानकारी समेत सरकारी वकिलको कार्यालयबाट गराइएको हो ।  उच्च सरकारी वकिलको कार्यालय पाटनले समेत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको मुद्दा नचल्ने निर्णयको सदर गर्दै महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको छ । उच्चले २२ गते निर्णय सदर गर्दै २३ गते महान्यायाधिवक्ताको कार्यालयमा पठाएको हो।
लुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएको पाइएको थियो । आफूलाई श्रम शोषण गरेको, कुटपिट गरेको भन्दै पीडित बालिकाले काठमाडौँ महानगरमा सम्पर्क गरेकी थिइन् । सोही आधारमा महानगरसहित सरोकारवालाको टोलीले बालिकाको बालुवाटारस्थित शर्माकै घरबाट उद्धार गरेको थियाे । 
प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै शर्मा पाटन उच्च अदालत पुगेकी थिइन्। उच्चले माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज गरेको थियो । भने प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको थियो  । तर, उनलाई अहिलेसम्म पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले सकेको थिएन। 
लामो समयदेखि प्रहरीले अनुसन्धान अगाडि नबढाएको, मुद्दा अगाडि नबढाउन एमाले नेताहरूबाट चर्को दबाब आएपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमार्फत नै चुनौती दिएका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>