Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ २९ गते मङ्गलबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव जिरो प्वाइन्टबाट चरेशसहित दुई जना पक्राउ परेका छन्। मंगलबार बिहान सशस्त्र प्रहरीको बिओपी नजिकबाट ८ किलाे ९ सय २६ ग्राम चरेशसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का ३५ वर्षीय महेन्द्र बहादुर रोकाया र ४५ वर्षीय अमर बहादुर रोकाया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जाेशीका अनुसार ३ जना चरेश बोकेर भारततर्फ गइरहेकाे विशेष सुचनाका आधारमा चरेश बरामद् गरिएकाे बताए । उनले भने “हामिलाई प्राप्त सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायव निरीक्षक दिपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा चरेश फेला परेको हो।”

उनीहरुले शरीरमा चरेश बाँधेर बाहिरबाट ज्याकेट लगाएर लुकाएका थिए। बझाङबाट चरेश लिएर आएका उनीहरु भारततर्फ गइरहेको खुलेको छ। जाँच गर्ने क्रममा चरेश बोकेको समूहमा रहेका एक जनाले प्रहरीमाथि हातपात गरेर भारततर्फ फरार भएका छन्।

प्रहरीमाथि हातपात गर्ने बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का ४३ वर्षीय दीपक भनिने रामबहादुर ऐरीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हातपातबाट घाइते प्रहरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइइको प्रहरीले जनाएको छ। चरेशसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>