Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन ०१ गते बिहिबार

विशाल सामुदायिक बनकाे १७ औँ साधारणसभा सम्पन्न, १० हेक्टर बृक्षाराेपरण गर्ने ।

विशाल सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नगरपालिका–१ वण्डको आगामी आर्थिक वर्षका लागि विभिन्न प्रस्तावहरू पारित गर्दै  १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाको वडा नम्बर १ मा रहेको सामुदायिक वनको बुधबार विभिन्न कार्यक्रमहरू सहित भएको वार्षिक साधारण सभा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८०/८१ को झन्डै २३ लाख बराबरको आय व्यय पारित गरिएको छ ।
 
वार्षिक साधारण सभामा सामुदायिक वनका अध्यक्ष सूचित्र शाहले २०८१/८२ को झण्डै ६६ लाख कार्यक्रम प्रस्तुत गर्नुभएको छ। अध्यक्ष शाहले प्रस्तुत गरेको प्रस्तावित कार्यक्रम साधारण सभाले पारित गरेको छ। साधारण सभामा आगामी कार्यक्रमका रुपमा संकलन गर्ने तथा बिक्री वितरण गर्ने विधान संशोधन गर्ने लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति गर्ने सामुदायिक वनले स:मिल तथा फर्निचर उद्योग सञ्चालन गर्ने लगायतका विभिन्न कार्यक्रमहरु प्रस्तावित गरिएका छन् ।
 
अध्यक्ष शाहले साधारण सभामा सामुदायिक वनको खण्ड नम्बर ३ मा १० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने र छाडा पशु चौपाया व्यवस्थापनका लागि खण्ड ३ मा अस्थायी टहरा निर्माण गर्ने लगायतका प्रस्तावहरू पेश गर्नुभएको थियो। अध्यक्ष शाहद्वारा प्रस्तुत गरिएका प्रस्तावहरू साधारण सभाले पारित गरेको छ ।
 
बुधबार वनका अध्यक्ष सूचित्र शाहको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बस्नेतले सामुदायिक वनले संरक्षणका क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले काठ तस्करी तथा वन अतिक्रमण जस्ता क्रियाकलापहरुलाई सम्बन्धित निकायले गम्भीर भएर रोक्नुपर्ने बताउनुभएको थियो।
 
कार्यक्रममा लेखा परीक्षण रिपोर्ट सचिव सुरज महताले प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले सामुदायिक वनले काठ काट्ने र बिक्री वितरण गर्ने मात्र नभई वन संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक वनका पदाधिकारी स्थानीय राजनीतिक दलका प्रतिनिधि र उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>