Samriddhipost
२०८१ फागुन २८ गते बुधबार
महेन्द्रनगर
२०८१ फागुन ०१ गते बिहिबार

नेकपा माओवादी केन्द्र कञ्चनपुरले ३० औँ जनयुद्ध मनाएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समितिले बिहीबार भीमदत्त नगरमा जनयुद्ध दिवस मनाएको हो । 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जनयुद्ध दिवसको अवसरमा रक्तदान एव शुभकामना आदान प्रदान गरिएको बताए । संयोजक पाण्डेयका अनुसार नेपाल रेडक्रस सोसाईटी शाखा महेन्द्रनगर रक्त सञ्चार केन्द्रमा नेता कार्यकर्ताहरुले रगत दान गरेको बताए । 

‘जिल्लामा विभिन्न बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन नदिन पनि हामीले जनयुद्ध दिवसकै दिन रक्तदान गरेका छौँ, ‘संयोजक पाण्डेयले भने, ‘दर्जनौँ नेता कार्यकर्ताहरुले रगत दान गरेका छन ।’ रगत दान गरेका माओवादी नेता कार्यकर्ताहरुले विगत तीन दशक अघि देशका लागि आवश्यक ठानेर रगत दिएको र अहिले दान मार्फत पनि जनताका लागि रक्तदान कार्यक्रम गरेको बताएका छन । रक्तदानसंगै शुभकामना 

शुभकामना आदान प्रदान कार्यक्रको समेत अध्यक्षता ग्रहण गरेका माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जिल्ला सहित ९वटै पालिका कमिटीहरुले आ–आफ्नो पालिकामा शुभकामना आदान प्रदानसंगै सृजनात्मक कार्यक्रम गरेर दिवस मनाएको बताए । जिल्लाका सबै पालिकामुकामहरुमा दिप प्रज्वलन गरेर समेत दिवस मनाईने बताए । 

कार्यक्रममा संविधान सभा सदस्य एव माओवादी कञ्चनपुरका संयोजक टेकेन्द्र प्रशाद भट्ट, संविधान सभा सदस्य एव माओवादी केन्द्रीय सदस्य देवीलाल चौधरी, माओवादी केन्द्रीय सदस्य माया नेगी, जिल्ला संचिव सहबीर सुनार सहितका नेता कार्यकर्ताहरुले जनयुद्धको मर्म भावना अनुरुप जनमुखी कामकाजमा जोडदिएका छन । जनयुद्धकै उपज अहिलेको व्यवस्था आएको र हाल एमाले, काँग्रेस नेतृत्वको सरकारले आफ्ना पाटीका भ्रष्टाचारलाई मुद्दा नै नलाग्ने गरेर चोख्याउने काम गरेले जनयुद्धका सहिदको समेत अपमान भईरहेको धारणा राखेका छन । माओवादीले परिर्वतनका लागि १फागुन ०५२सालदेखि थालेको जनयुद्धलाई हरेक बर्ष उत्सवकै रुपमा मनाउँदै आएको छ । कञ्चनपुर देशभर सहिद विदेशमा समेत जनयुद्ध दिवस मनाईदैछ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>