खडक ब. कोली
नेपाल कम्युनिष्ट पार्टी (विप्लब)ले ३० औं जनयुद्ध दिवस तालमा सरसफाइ गरेर मनाएका छन । ३० औं जनयुद्ध दिवसका अवसरमा पर्यटकीय क्षेत्र बेदकोट तालको वरिपरी तथा मन्दिर परिसर र बेदकोटको चोरपानीमा सरसफाई कार्यक्रम गरिएको छ । पर्यटकीय क्षेत्रको प्रचार प्रसार, विकास, संरक्षण, संवद्र्धन, राष्ट्रिय स्तरमा चिनाउने रचनात्मक र सामाजिक काम गरेको नेकपा कञ्चनपुरका जिल्ला इन्चार्ज विष्णुप्रकाश उपाध्याय (विराट सी) ले बताएका छन । उनले जनयुद्ध दिवसकै अवसमा पार्टीले विविध कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको बताए । बिहीबार जनयुद्ध दिवसकै साँझ दैजी चोक र मदन चोकमा दीप प्रज्वलन गरेका छन । अधुरो क्रान्ति सहित वैज्ञानिक समाजवाद निर्माणको प्रतिज्ञा सहित दिवस मनाएका छौँ, ‘उनले भने, ‘जनयुद्ध दिवसलाई प्रतिबद्धता दिवस मानेर देश र जनताका लागि काम गछौँ ।
भीमदत्त नगरका इन्चार्ज सुनिल प्वाली (सी) ले देश विकासका लागी आफ्नो पार्टी उत्पादन तथा श्रम, सामाजिक काम गर्दै आएको बताए । पर्यटकीय क्षेत्र बेदकोट तालमा ३० औं जनयुद्ध दिवसको अवसरमा सरसफाई तथा शुभकामना आदान प्रदान गरेर दिवस भव्यताका साथ मनाईएको इन्चार्ज सुनिल सी ले बताएका छन ।
उक्त सरसफाई तथा जनयुद्ध दिवसमा जिल्ला पार्टी तथा जनबर्गिय संगठनको उपस्थिति रहेको समाजवादी टे«ड युनियन केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रितम सीले बताएका छन ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य गगन सी, श्रमिक संगठनका केन्द्रीय सदस्य तथा लालझाडी नगर इन्चार्ज लोकेन्द्र सी, केन्द्रीय प्रतिनिधि तथा समाजवादी महिला संगठनका जिल्ला अध्यक्ष विनिता सी, बेलौरी नगर इन्चार्ज कमल सी, सचिवालय सदस्य अनिल सी, अखिल समाजवादी विद्यार्थी संगठनका जिल्ला इन्चार्ज ललित सी, जिल्ला सचिव दिवार सी लगायत विभिन्न जिल्ला पार्टी तथा जनवर्गिय संगठनहरुको उपस्थिति रहेको थियो ।
बेतकोट तालका भगत विर बहादुर ऐरी र तुलाराम भाटले ताल क्षेत्रको चौतर्फी सरसफाई गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया