Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन ०३ गते शनिबार

धुलोमय सडकले लेकमकाे जनजीवन कष्टकर

नरेश प्रसाद जाेशी
दार्चुला जिल्लाकाे लेकम गाउँपालिकाका विभिन्न सडकहरु धुलाे मए भएका छन । नयाँ सडकका ट्रयाक खुलेपछि सडकहरु ग्राेभेल (स्तराेन्ति) हुन नसक्दा सडकमा सवारि साधन चल्न थालेछि यस्ताे अवस्था आएकाे हाे । 
 अत्यधिक धुलो बढेपछि स्थानीय बासिन्दाहरूको दैनिकीमा कठिनाइ सिर्जना गरिरहेको छ। उड्ने धुलोले गाउँको वातावरण र मानिसहरूको स्वास्थ्यमा गम्भीर असर पुर्याउँन थालेकाे छ । सडक नजिकका घरहरुमा घरभित्र सम्म धुलाे जाने र घरायसी कामकाज प्रभावित हुन थालेकाे छ । 

यस्तै  विद्यालय जाने विद्यार्थीहरूले सडकको बाटो प्रयोग गरेर हिँड्नुपर्ने स्थिति रहेको छ। धुलोको कारणले विद्यार्थीहरूको विद्यालय पोशाक विद्यालय नपुगिकनै फोहर हुने अवस्था सामान्य बनिसकेको छ। घरका भित्रसम्म धुलो पस्ने समस्याले सरसफाइको कामलाई थप जटिल बनाएको छ। सफा गरेर सुकाउन राखेका कपडाहरू पनि धुलोका कारण फोहोर हुने अवस्थामा पुगेका छन्।

धुलोको प्रभाव यत्रतत्र फैलिएको छ, गाडीहरूको आवतजावतले सडकका किनारका घरहरूको स्वरूपसमेत परिवर्तन गरेको छ। स्थानीयहरूले स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना व्यक्त गर्दै, श्वासप्रश्वासका समस्या बढेको बताएका छन्।

धुलो व्यवस्थापनको अभावले गर्दा समस्यालाई समाधान गर्न समयमै कदम चाल्नु आवश्यक देखिन्छ।  यदि यो समस्या समाधान नगरेमा जनजीवन थप कठिन बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>