Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
भावना बडू
२०८१ फागुन ०९ गते शुक्रबार

भगवती सामुदायिक वनकाे अध्यक्षमा ठगुन्ना निर्वाचित

शुक्लाफाँटा नगरपालिका-८, पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा सोवन सिंह ठगुन्ना विजय भएका छन्। वनको बाइसौँ अधिवेशनबाट ठगुन्ना निर्वाचित भएका हुन्। यसभन्दा अघिल्लो कार्यकालमा पनि सामुदायिक वनमा मतदान प्रक्रियाबाट केशव धामी निर्वाचित भएका थिए।

 

सामुदायिक वनको निर्वाचनमा राजनीतिक रुपमा दुई खेमामा विभाजित सामुदायिक वनका उपभोक्ता मतदाताहरूले नेकपा एमाले र नेपाली कांग्रेसका संयुक्त उम्मेदवार रहेकानेका गणेश सिंह ठगुन्नालाई माओवादी केन्द्रका उम्मेदवारका रुपमा देखिएका सोवन सिंह ठकुनाले ३९ मतले पराजित गरेका छन् । माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष समेत रहेका ठगुन्नाले हात्ती (????) चुनाव चिन्हमा कुल ४ सय ५८ मध्ये भोटहरूमध्ये २ सय ३९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त उम्मेदवारका रूपमा देखिएका गणेश सिंह ठगुन्नाले बाघ (????) चिन्हमा २ सय मत प्राप्त गरेका थिए।

 

निर्वाचनमा १९ मत बदर भएका थिए। ठगुन्ना दशकौंदेखि सामुदायिक वन संरक्षण, कृषि सहकारी मार्फत किसानहरूको समस्या समाधान र विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्। उनी नेकपा माओवादी केन्द्रको वडा नम्बर ८ का हालै निर्वाचित अध्यक्ष पनि हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>