Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन १० गते शनिबार

महिलाहरुलाई आत्मनिर्भर बनाउन दोधारा चाँदनीमा सिलाई कटाई तालिम

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तिन महिने सिलाई कटाई तालिम सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग र पञ्चकोटी दलित सिलाई ब्यवसायी समितिको आयोजनामा वडामा बसोबास गर्ने महिलाहरुको लागी तिन महिने सिलाई कटाई तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । सिलाई कटानी तालिमको उद्धघाटन सत्रमा आफ्नो भनाई राख्दै दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले वडामा पछाडी परेका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सिलाई कटाई  तालिमको अवधारणा अघि सारेको बताउनुभयो । तालिममा ५८ जना महिलाहरुलाई तालिममा सहभागी बनाईएको वडा सदस्य गगन बहादुर सिंहले बताउनुभयो । घरको चुलो चौकोमा सिमित महिलाहरुले व्यवसाय सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बन्न सक्ने विश्वास गरिएको वडा सदस्य गगन बहादुर सिंहले बताउनुभएको छ् । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उहाँको भनाई रहेको छ् । सोही कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले तालिम लिए पश्चात महिला दिदी बहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>