Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन १० गते शनिबार

कञ्चनपुरको भीमदत्त नगरपालिकामा व्यवसाय सञ्चालनका लागि सीप विकास तालिम सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको आयोजनामा साना तथा लघु उद्यम व्यवसायीहरुका लागी व्यवसाय सञ्चालन सीप विकास तालिम सम्पन्न भएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले परियोजनाले विपद्को जोखिमा रहेका समुदायहरुलाई उत्थानशील बनाउनका लागि सामुहिक नगद सहायताका माध्यमबाट पर्यावरण मैत्री व्यवसाय सञ्चालनमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले व्यवसायीहरुको प्रगति, चुनौती र आगामी दिनमा व्यवसायिक निरन्तरताका लागि योजना निर्माण गर्न साथै उनिहरुको व्यवसाय सञ्चालन सीप विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले परियोजनाले निश्चित समयका लागि मात्र सहयोग गर्ने बताउदै व्यवसायिक सफलता र निरन्तरताका लागि व्यवसायी आफै प्रतिबद्ध साथै सक्षम हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राना थारु कृषी पर्यटन सहकारी संस्थाका उपाध्यक्ष बसन्ती रानाले व्यवसाय सञ्चालनका लागि सिप विकास तालिम निकै उपलब्धीमुलक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमबाट व्यवसायीक योजना निर्माण साथै व्यवसाय सञ्चालनको क्षेत्रमा सीप विकास भएका तर्क गर्नुभयो । सुदृढ परियोजनाले विपद्को उच्च जोखिममा रहेका समूदाय र गरिव तथा विपन्न समुदायहरुलाई जिविकापार्जनका लागि पर्यावरण मैत्री व्यवसाय सञ्चालन गर्नका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>