Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ फागुन १३ गते मङ्गलबार

साक्षात नागदेवता उत्पन्न भएको भन्दै दोधारा चाँदनीमा पुजापाठ सुरु

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नागदेवता उत्पन्न भएको भन्दै पुजाआजा सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियाकवर झोलुङ्गे पुल नजिक नाग भगवान उत्पन्न भएको भन्दै स्थानियबासीहरुले पुजा अर्चना सुरु गरेका हुन् । 
स्थानिय एक बालिकाले सर्पलाई नुहाईदिने गर्दै आएको बताईएको छ् । उक्त दुर्लभ देखिने सर्पले कसैलाई क्षती नगर्ने, पुल आसपास क्षेत्रमा घुम्ने गरेको स्थानियबासी नुवा देवी खत्रीले बताउनुभएको छ् । जो कोहीले सर्पलाई हातमा खेलाउने गर्दै आएको उहाँको भनाई रहेको छ् । वर्षौ देखि कुतियाकवर झोलुङ्गे पुलको तलको पानीको भागमा शिवलिङ्ग रहेको र पुजा आजा गर्दै गरेको स्थानियबासीहरुले ११ दिन अघि उक्त शिवलिङ्गमा सर्प बेरिएको अवस्थामा देखा परेको नुवा देबी खत्रीले बताउनुभएको छ् । शिवलिङ्ग रहेको स्थानमा फोहर भएको कारण उक्त स्थानलाई छाडेर नजिकै पुलको पुर्व/पश्चिम दिशा तर्फ नाग देवताले आफ्नो बासस्थान बनाएको नुवा देबी खत्रीको भनाई रहेको छ् । नाग देवता देखा परेको खबर पाएपछि स्थानियबासी र सिमावर्ती भारतिय क्षेत्रबाट दर्शनालुको भिड लाग्न थालेको छ् । 
नागदेवतालाई भक्तजनहरुले फुल र दक्षिणा चढाउने गरेको नुवा देबीले बताउनुभएको छ् । उक्त सर्पले बासस्थान बनाएको स्थानमा स्थानियबासीहरुले मन्दिर निमार्ण गर्ने तयारी गरेको बताईएको छ् । भोली महाशिवरात्रीका दिन नाग देवताको पुजा आजा गरि धार्मिक कार्यक्रम गर्ने तयारी रहेको उहाँको भनाई रहेको छ् । सिमावर्ती भारतिय क्षेत्रमा बस्ने नवल कुमारले सामाजिक सञ्जालमा नाग उत्पन्न भएको खबर पाएपछि दर्शन गर्न आएको बताउनुभएको छ् । आफु भोले वावाको भक्त भएको बताउदै दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियाकवर झोलुङ्गे पुलमा असमान्य क्रियाकलाप गर्ने सर्प नाग देवताकोरुप रहेको भारतिय नागरिक निवासी नवल कुमारको भनाई रहेको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>