Samriddhipost
२०८१ फागुन २८ गते बुधबार
महेन्द्रनगर
२०८१ फागुन १५ गते बिहिबार

संबिधान संशाेधनमा काग्रेस प्रतिबद्ध छ: संग्राैला

खडक बहादुर काेली- पेशागत तथा बुद्धिजीवी विभाग नेपाली काङ्ग्रेस र नेपाल डेमोक्याट्रिक लयर्स एसोसिएसनले फागुन १६ गते कञ्चनपुरमा संविधान संशोधन आवश्यकता र चुनौती विषयमा सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।  उक्त अन्तरक्रिया कार्यक्रममा संविधानविद काशीराम दाहालको उपस्थिति रहने र दाहालले संविधान संशोधन कहाँ कहाँ गर्नुपर्छ संविधान संशोधन गर्न किन आवश्यक छ। के के चुनौती छन् भन्ने विषयमा समग्र रूपमा संविधान संशोधन सम्बन्धी पेपर  प्रस्तुत गरिने पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताएकी छन्।
स्थानीय लेवलमा पनि एउटा डिएलएल पेपर प्रस्तुत गरिने र संविधान संशोधनको आवश्यकता किन परयाे, के कमजोरी छ । दुईटा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संसदको किनारामा हुनुपर्ने तर एउटै भएर सरकार बनाउँदा नेपाली जनताले स्वीकारेको तर संविधानको ७ बुँदामा एउटा बुँदा संविधान संशोधन गरौ भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संशोधन गर्ने बताउँदै आइरहदा मुलुकको राजनीति तरङ्गित भएको आरोप केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आराेप  छ। नागरिक समाज र नेपाली जनताले यो सरकार सत्ताको लागि सत्ताको भर्‍याङ हो कि संविधान संशोधन गर्न प्रतिबद्ध छ कि छैन भनेर प्रश्न गरेकाले पेशागत बुद्धिजीवी विभाग कानुनविद नेपाल डेमोक्रेटिक एसोसिएसनले केन्द्रमा बहस बसाली प्रदेश प्रदेशमा बहस गर्दै आएको बताइन।
उनले भनिन् नेपाली कांग्रेस संविधान संशोधनमा प्रतिबद्ध छ संघीयता, गणतन्त्र ,लोकतन्त्र, समानुपातिक र समावेशी प्रतिनिधित्वको मूल संरचनालाई खलबल नहुने गरी संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताइन्। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अन्तरक्रिया कार्यक्रम गरिसकेको र १६ गते कञ्चनपुरमा हुने र १८ गते कर्णाली प्रदेशमा समापन हुने र समापनपछि अन्तरक्रिया कार्यक्रममा उठेका विषयवस्तु, कार्यपत्रलाई परिमार्जन गरेर केन्द्रीय सभापतिलाई हस्तान्तरण गरिने र पार्टीको निर्णयअनुसार जाने पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताएकी छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>