Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन १७ गते शनिबार

बन्यजन्तुका ओखेटाे पहार सहित शान्ति पक्राउ, प्रमाेद फरार

कञ्चनपुरमा अखेटोपहारसहित एक महिला पक्राउ परेकी छिन्।

जिल्लाको बेलौरी नगरपालिका–७ सिमपुर स्थित प्रमोद डगौराको घरमा अवैध बन्यजन्तुको अखेटोपहार रहेको छ भन्ने गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त टोलीले शुक्रवार प्रमोद डगौराको घरमा खानतलासी गर्दा चितुवाको  सानो, ठुलो छाला ४ थान, जरायोको सानो, ठूलो सिंङ ४ थान, बदेलको बङ्गारा २ थान, बन्यजन्तुको सानो खुट्टा ३ थान, बन्यजन्तुको सानो बङ्गाराको टुक्राहरु ३ थान, फलामको चेन बाधेर बनाईएको फलामको पासो ३ थान, प्लास्टिकको डोरीले पासो थाप्न बनाईएको जाली ७ थानसहित प्रमोद डगौराको श्रीमती ४० वर्षीया शान्ती चौधरीलाई पक्राउ गरेको छ।

शान्तीलाई पक्राउ गरी अनुसन्धान भईरहेको र प्रमोद डगौराको खोज तलास भईरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>