Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०८१ फागुन १७ गते शनिबार

एकीकृत अखिल नेपाल शिक्षक संगठन दार्चुलाको दोस्रो जिल्ला परिषद गोकुलेश्वरमा सम्पन्न, प्रधानमन्त्रीकाे बाेलिमा खेद प्रस्ताव पारित ।

उपेन्द्र सिह ठगुन्ना-

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दार्चुलाको दोश्रो जिल्ला परिषद् फागुन १७ गते  दार्चुला जिल्ला शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सम्पन्न भएको छ ।  
संगठनको केन्द्रीय उपमहासचिव एवम् संगठनका सु.प. प्रदेश ईन्चार्ज श्री दल बहादुर कार्की (दखल) को प्रमुख आतिथ्यता रहेको परिषदमा नेकपा (माओवादी केन्द्र) दार्चुला जिल्ला ईन्चार्ज लक्ष्मण दत्त जोशी, जिल्ला संयोजक प्रेम पन्त, जिल्ला सचिव  विनोद कुँवर, संगठनका केन्द्रीय सल्लाहकार श्यामराज जोशी, प्रदेश सल्लाहकार हर्क बहादुर चन्द, नौगाड गाउँपालिका सामाजिक विकास संयोजक तथा पालिका प्रवक्ता राजेन्द्र सिंह बोहरा र हिस्टानको बैतडी अध्यक्ष खेमराज जोशीको आतिथ्यता रहेको जिल्ला परिषदमा नौ ओटै पालिकाका सङ्गठनमा आबद्ध शिक्षकहरुको  उपस्थितिमा रहेको थियो ।
 दोस्राे जिल्ला परिषदले राम दत्त पन्त अध्यक्ष,  रेखा कार्की उपाध्यक्ष, राम सिंह डोबाल सचिव र बिरभान धामी कोषाध्यक्ष रहेको २१ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ। परिषदले शैक्षिक र पेसागत शैक्षिक आन्दोलनलाई शसक्त पार्ने महत्त्वपूर्ण निर्यणका साथ सामाजिक सञ्जाल मार्फत नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री ज्यूले नेपाली शिक्षकहरुको पेसागत भूमिकालाई निरुत्साहित  गर्दै उपेक्षा गरेको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खेद प्रस्ताव पनि समेत पारित गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>