Samriddhipost
२०८१ चैत २४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २० गते सोमबार

नेकपा माओवादी केन्द्रद्वारा शहिद परिवारलाई सम्मान

नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटीले शहिद परिवारलाई सम्मान गरेको छ। देशमा आमूल परिवर्तन ल्याउन आफ्नो जीवनको आहुति दिने शहिदहरुका परिवारजनलाई एक कार्यक्रमका बीच दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो।

माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटीका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए। आइतबार शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ३ मा आयोजित जनक्रान्तिका महान् शहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपालको नगर अधिवेशन तथा ४७ जना शहिद परिवारजनलाई सम्मान गरिएको छ। 

सरकारले समेत राष्ट्रिय शहिदका रूपमा लिएका जनयुद्धका शहीद परिवारजनलाई शहिद सप्ताहका अवसरमा सम्मान गरिएको शुक्लाफाँटा नगर सचिव दीपकराज भट्टले बताउनुभयो।

हरेक वर्ष संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र तानाशाही राजतन्त्रात्मक व्यवस्थाको विरुद्ध लड्दै गर्दा आफ्नो जीवन उत्सर्ग गर्ने वीरसहितहरुप्रति सम्मान कार्यक्रमको आयोजना गर्दै आएको माओवादी केन्द्रले विभिन्न कार्यक्रमहरु सहित शहिद सप्ताह कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक खेम पाण्डे लगायतका नेता तथा शहिद परिवारका परिवारजनहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज टेकेन्द्र भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्था ल्याउन आफ्नो प्राण उत्सर्ग गर्ने महान शहिदहरुप्रति हार्दिक श्रद्धा सुमनसहित परिवारजनलाई सम्मान व्यक्त गरेका छन्। उनले सहिदहरूको बाटोलाई बिर्सन नहुने र शहिदहरुले गरेको त्याग र बलिदानीलाई खेर जान नदिने पनि बताउनुभयो ।

सम्मानित हुने शुक्लाफाँटा नगर पालिका भित्रका शहिदहरूमा सृजना कुमारी चौधरी, चेचुवा चौधरी, फुलमती चौधरी, लहानु चौधरी, मोहन सिंह डगौरा, संगीता कुमारी चौधरी, पुरन चौधरी, धनबहादुर चौधरी, छेदुलाल चौधरी, जगतराम चौधरी, ललता प्रसाद चौधरी, बिन्तीराम चौधरी, शंकर चौधरी, कल्लु बढायक, करन चौधरी, जीवन दमाई, राजेन्द्र भट्ट, तीर्थराज चौधरी, रामप्रसाद चौधरी, प्रमिला कुमारी चौधरी, रविन्द्र साउद, दलबहादुर चौधरी, राजकुमार थारु, कल्पना ठगुन्ना, अनिता कुमारी चौधरी, लक्ष्मण चौधरी, सुन्दर चौधरी, सन्तोषी चौधरी, जानकी धानुक, अमरसिंह बोहरा, वीरबहादुर बोहरा, महालक्ष्मी चौधरी, श्रीराम बडायक, धर्मानन्द पन्त, सरद अवस्थी, रातो कुमारी चौधरी, सावित्री चौधरी, नरेन्द्र सिंह जागरी, राजेन्द्र लुहार, सुन्तली डगौरा, लक्ष्मण सिंह ढाँट, सुन्दरलाल चौधरी, मधुकुमारी चौधरी, रामकृष्ण चौधरी, प्रकाश चौधरी र सिताराम चौधरी रहेका छन् ।

शहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपालको शुक्लाफाँटा नगर अध्यक्षमा रामबहादुर डगौरा चयन भएका छन् । उपाध्यक्षमा मेनका ढाँट, सचिवमा वीरेन्द्र चौधरी, सहसचिवमा रूप सिंह चौधरी र कोषाध्यक्ष चन्द्रकला दमाई सहित ११ सदस्य कार्यसमिति चयन गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>