नेकपा माओवादी केन्द्र निकट थारु मुक्तिमोर्चाको फागुन २० गते कैलालीको टीकापुरमा चौथो राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रमका तय भएको छ।
मोर्चाले दिएको जानकारी अनुसार, करिब २४ जिल्लाका (कञ्चनपुरदेखि झापासम्म) साढे सात सय प्रतिनिधिहरूको सहभागिताका साथै उपत्यका विशेष जिल्लाका प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुने व्यवस्था गरिएको छ। अध्यक्ष तिलक चौधरीका अनुसार, सम्मेलनको तयारी कार्य लगभग ९० प्रतिशत पूरा भएको छ र थारु समुदायको पहिचान झल्काउने मञ्च निर्माणको तयारी तीव्र गतिमा भइरहेको छ।
सम्मेलनले थारु समुदायका पौराणिक कला, सांस्कृतिक सामग्री र परम्परागत तत्वहरूको प्रयोग गरी एक विशेष सांस्कृतिक मञ्च प्रस्तुत गर्ने योजना बनाएको छ। उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारु, रानाथारु तथा कठरिया थारु समुदायका कलाकारहरूले गीत, नृत्य लगायतका सांस्कृतिक प्रस्तुति दिने व्यवस्था गरिएको छ। साथै कैलाली, कञ्चनपुर र बर्दियाबाट जनहभागिताका कार्यक्रमहरू पनि आयोजनामा समावेश गरिनेछ, जस अन्तर्गत १८ हजारभन्दा बढी जनसमुदायको सहभागिता सुनिश्चित हुने अपेक्षा गरिएको छ।
टीकापुर घटनापछि थारु समुदायमा उत्पन्न भएको नैराशिता र ‘थारुका मुद्दा छोडियो’ भन्ने धारणा विरुद्ध सशक्त जवाफका रूपमा सम्मेलनको आयोजना गरिएको हो। अध्यक्ष चौधरीले बताएका थिए, “थारु समुदायको बाहुल्यता भएका क्षेत्रमै राष्ट्रिय सम्मेलन गर्न लागेका हौँ, जसले थारु पहिचान र मुद्दालाई उजागर गर्नेछ।”
सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डका साथै बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनाद्र्धन शर्मा, गिरीराजमणी पोखरेल लगायतका प्रमुख नेताहरूको सहभागीता हुने भएकाले यस सम्मेलनले थारु समुदायका आवाजलाई राष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको छ।
सम्मेलनले थारु समुदायका सांस्कृतिक, सामाजिक र राजनीतिक अधिकारप्रति पुनः एक सशक्त ऊर्जा प्रदान गर्ने विश्वास लिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया