प्राध्यापकहरुले सुदुरपश्चिम विश्वविद्यालयका भिसि रजिस्ट्रार भिसिकै कार्यकक्षमा थुने ।
सुदुरपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयकै उपकुलपतिको कार्यकक्षमा उपकुलपति र रजिस्टार थुनेका छन ।
बुधबार प्रजातान्त्रबादि प्रध्यापक संगठनकाे नेतृत्वकाे टिमले उपकुलपतिकाे कार्यकक्षकाे ढाेका बन्दगरि चुकुल लगाइ उपकुलपति र रजिस्ट्रार केही समय थुनेका थिए ।
प्रजातन्त्रवादि प्रध्यापक संगठनका अध्यक्ष मदन सिह बाेहराका अनुसार हकहितका माग राखेर धर्ना बसेकाे ढाेकाकाे ताला चाबि नलगाएकाे चुकुल कुण्डि मात्र लगाएकाे बताउनु भयाे ।
विश्वविद्यालय साेतका अनुसार डिन नियुक्तिमा चित्त नबुझेपछी तालाबन्दी नै गर्न खाेजेकाे तर कार्यालय सहयाेगिहरुले ताला नदिएकाे र एकै पार्टि निकट पदाधिकारि र प्राध्यापक भए पछि बाहिर म्यासेज नजाने भन्दै पछि ढाेका खाेलेकाे बताइन्छ ।
उपकुलपतिले डिन नियुक्ति गर्दा खुला प्रर्तिस्पर्धाका आधारमा प्रा डा राजेन्द्र प्रसाद भट्टलाई मानविकि तथा समाजशास्त्र विभागकाे डिन नियुक्ति गरेपछि प्रध्यापकहरु चिडिएकाे स्राेतकाे दाबि छ । याे भन्दा पहिला प्रजातान्त्रवादि प्राध्यापक प्रा डा मुकुन्द बल्लव कलाैनी डिन हुनुहुन्याे । वहाँ उमेर हदका कारण सेेवा निबृत हुनुभएकाे हाे ।
यस्तै फागुन २५ गते विश्वविद्यालयकाे दिक्षान्त समाराेह हुन गईरहेकाे छ । यसै अवसरमा प्रधानमन्त्री तथा कुलपती केपि शर्मा ओलीबाट प्रशासनिक भवन उद्घाटन गराउने तयारि गरेपछि प्रध्यापकहरुले काग्रेस सभापति शेर बहादुर देउवाबाट गराउनु पर्ने भित्री माग गरेकाे र बाहिर कुरा आएपछि केन्द्रीय क्याम्पसका करार कर्मचारि/प्रध्यापक आन्तरिक स्थाई लगायतका बिषय सारेकाे स्राेतकाे दाबि छ ।
यश बिषयमा उपकुलपति संग फाेन सम्पर्क गर्दा फाेन उठन सकेन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया