Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २२ गते बिहिबार

विपद् पूर्वतयारीका लागि सरोकारवालाहरूलाई दास्ता प्रणाली सम्बन्धी अभिमुखीकरण

विपद् पूर्वतयारीका लागि सरोकारवालाहरुलाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ दास्ता सम्बन्धी अभिमुखीकरण गरिएको छ् । जीएसएमए र यूके एडको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, इन्स्टिट्यूट अफ हिमालयन रिक्स रिडक्सन (आईएचआरआर) र भीयामोको साँझेदारीमा नक्सा प्रालिद्वारा सञ्चालित दास्ता प्रणाली र एक्ट फस्ट परियोजना सम्बन्धी सिकाई आदान प्रदान गर्न प्रदेश स्तरीय तथा स्थानीय सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको हो ।

 नक्सा प्रालिका कार्यकारी निर्देशक उत्तम पुडासैनीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका साथै डडेल्धुराको पर्शुराम नगरपालिकामा सञ्चालित दास्ता र एक्ट फस्ट परियोजनाको आधिकारीक समापन तथा सिकाई आदान–प्रदान र क्षमता अभिवृद्धि गर्नका लागि अभिमुखीकरण गरिएको बताउनुभयो । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले दास्ता प्रणालीमा जोखिम नक्साङ्न तथा विश्लेषण, निगरानी र मूल्याकंन लगायतका तथ्याङ्क हुने भएकाले विपद् व्यवस्थापनका लागि सुरक्षित मार्ग तयार पार्न र राहत वितरण योजना बनाउने काममा समेत सहयोग पुगेको बताउनुभयो । 
उहाँले परियोजनाको समाप्ती पश्चात स्थानीय सरकारले अपनत्व लिनुपर्ने साथै बजेट विनियोजन गरेर परियोजनाको निरन्तरतामा ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । 

त्यस्तै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र नक्सा लगाएतका संघ–संस्थाहरुको सहयोगमा विपद् व्यवस्थापनको क्षेत्रमा धेरै राम्रो काम भएको बताउनुभयो । उहाँले दास्ता मोबाईल एप मार्फत् पूर्वसूचना अनुसारको अग्रीम प्रतिकार्य गरिएकाले गत असारको आरी घोप्टे वर्षा हुदा समेत मानवीय क्षति हुनबाट जोगिएको स्मरण गर्नुभयो । अभिमुखीकरण नगरपालिकाका मेयर तथा उपमेयरहरु, वडा सचिवहरु, वातावरण अधिकृतहरु, सूचना तथा प्रविधि अधिकृतहरु साथै प्रदेश स्तरीय रुपमा विभिन्न चरणमा सम्पन्न गरिएको छ् । कार्यक्रममा सरोकारवालाहरुले दास्ता प्रमाणी मार्फत स्थानीय सरकार र सेवाग्राही संग तथ्याङ्क उपलब्ध हुने भएकोले पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि सहजता हुने बताएका थिए । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>