Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २३ गते शुक्रबार

जनप्रतिनिधिले सडक संघर्ष गरेर निर्माण ब्यावसायीलाई काम गराउन सुरु । आजबाट वडा कार्यालयबाटै सेवा दिने ।

बंक- नायल-बुडर सडक खण्ड अन्तर्गत बंक क्याम्पस चोक देखि दोमिल्ला सम्म यथाशिघ्र सडक कालोपत्रे सुचारुको माग सहित मिति २०८१ फाल्गुन १८ गते आईतबार देखि २२ गते बिहिबार सम्म ५ दिन कृष्णपुर वडा २ अध्यक्ष अर्जुन सिह साउदले सडक संघर्ष गरे अर्थात सडककै बाटै कार्यालय संचालन गरे ।

अन्ततः निर्माण ब्यावसायीले काम सुरु गरे । सुरु गरेकाे काम निरन्तर गरेर चैैत्र २० गते सम्म बेसकाे काम सम्पन्न गर्ने र पिचकाे काम पैसा बिनियाेजन भए अनुसार गर्ने पुर्वाधार बिकास कार्यालय लाई पत्राचार गरेकाे छ ।

वडा अध्यक्ष साउदले एक स्टाटस लेेख्दै गरिएको सडक सङ्घर्षमा सहयोग गर्नुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय ,युवा,विधार्थी,मजदुर,किसान,पत्रकार, बुद्धिजिवि,समाजसेवी, नागरिक समाज लगायत सरोकारवाला महानुभावहरुलाई हार्दिक धन्यवाद दिदै सबैको जनदबाब ,मिडियाको निरन्तर खबरदारी ,कार्यालयको ताकेता र जनप्रतिनिधिको सडक सङ्घर्षका कारण संयुक्त छलफलमा सम्बन्धीत निर्माण व्यावसायिले सङ्घर्ष सुर भएकै दिन देखि नै उक्त सडकमा कालोपत्रेका लागि बेस हाल्ने कार्य सुरुवात गरेको जानकारी गराउदै चैत्र २० गते सम्म सम्पूर्ण बेस मेटेरीयल तयार गर्ने र चैत्र २१ गते देखि सडक कालोपत्रे कार्य सुचारु गर्ने प्रतिबद्वता जनाएको छ।साथै सडक कालोपत्रे कार्य बंक क्याम्पस चोक देखि सुचार भएर दोमिल्ला नपुगन्जेल सम्म हाम्रो निरन्तर खबरदारी र सुपरिवेक्षण रहिरहने जानकारी गराउदै शुक्रवार देखि वडा कार्यालयका सम्पूर्ण कामकाजहरु आफ्नै वडा कार्यालय बाणी बाट संञ्चालन हुने समेत जानकारी गरिन्छ उल्लेख गरेका छन ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>