Samriddhipost
२०८१ फागुन २८ गते बुधबार
महेन्द्रनगर
२०८१ फागुन २७ गते मङ्गलबार

दोधारा चाँदनीमा नेशनल लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दोधारा कञ्चनपुरको दोधारा चाँदनीमा नेशनल लद्युबित्तिय संस्थाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ् ।
 दोधारा चाँदनी नगरपालिकामा रहेको नेशनल लद्युबित्तिय संस्थाले समुह अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको नेशनल लद्युबित्तिय संस्था दोधारा चाँदनीका शाखा कार्यालयका प्रमुख जानकी खत्रीले जानकारी दिनुभएको छ् ।
 नेशनल लद्युबित्तिय संस्था शाखा अन्तर्गत दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छरिएर रहेको समुहका अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको शाखा प्रमुख जानकी खत्रीले बताउनुभएको छ् । ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरु, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरु जस्ता विषयमा प्रशिक्षण गरिएको शाखा प्रमुख जानकी खत्रीले बताउनुभएको छ् । संस्था अन्तर्गत दोधारा चाँदनीमा रहेको ८९ समुहका अध्यक्ष तथा सचिवको उपस्थितीमा रहेको कार्यक्रममा लघुवित्त संस्थाले ग्रामीण समुदायको जिवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गर्दै आएको उहाँले बतनाउनुभयो । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले नेशनल लद्युबित्तिय संस्थाले ग्राहक सदस्यहरुलाई सानो—सानो आकारको बचत गर्ने बानीको विकास गराउने, सरसफाई तथा वातावरण प्रति सजग गराउने, बहुबैकिङ्गबाट बच्न सिकाउने, आवश्यकता अनुसारको कर्जा कारोवार गरी उद्यमशील बनी आर्थिक रुपमा सक्षम बनाउने जस्ता कार्यहरु गरि समाजलाई सकारात्मक दिशा तर्फ अगाडी बढाउदै आएकोमा संस्थाको प्रशंसा गर्नुभएको छ् ।
 वित्तीय संस्थाबाट उपभोग गरेको कर्जाको सदुपयोग गरी आफ्ना व्यापार, व्यवसायलाई सफल बनाउन नगरउपप्रमुख गंगा देबी जोशीले सुझाव दिनुभएको छ् । नेशनल लद्युबित्तिय संस्थाले आफ्ना कारोवारहरुलाई प्रविधीमैत्री बनाई पारदर्शी बनाउने तर्फ अगाडी बढेको उहाँको भनाई रहेको छ् । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, असल समुह व्यवस्थापन, उत्कृष्ट व्यवसायीहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको नेशनल लद्युबित्तिय संस्था शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>