Samriddhipost
२०८१ फागुन २८ गते बुधबार
महेन्द्रनगर
२०८१ फागुन २७ गते मङ्गलबार

सिमा रक्षार्थ गाैतम ढलेका ८ बर्ष पुरा, भएन सिमा समस्या समाधान ।
सहिद गाेबिन्द गाैतम

 आठ बर्ष अघि ०७३ फागुन २६ गतेकै दिन बिहीबार (नेपाल–भारत) सीमा विवादको विषयलाई लिएर भारतीय पक्षबाट नेपाली नागरिक गोबिन्द गौतम मारिए । कञ्चनपुरको पुर्नवास नगरपालिका–४ तत्तकालिन आनन्द बजार हाल (गोबिन्द बजार) सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पुर्नवास नगरपालिका–४(घ) गाउँका ३२ बर्षिय गौतम मारिएका थिए । मातृभूमि रक्षाका लागि सहिद गोबिन्द गौतमले ज्यान गुमाएको ८ बर्ष पुरा भएको छ । तर सीमा विवाद निरुपण भएको छैन ।
जिल्लाको गोबिन्द बजार र भारत लखिमपुरखिरीको बसही बजार जोड्ने नालामा कल्र्भट निर्माणको विषयलाई लिएर भारतीय पक्षले अवरोध गरेपछि त्यसको बिरुद्धमा नेपाली उत्रिएका थिए । नेपाली पक्षले कल्भर्ट निर्माणको माग गर्दै प्रर्दशनमा उत्रिएपछि भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली प्रहारबाट घाईते भएका गोबिन्द उपचारका क्रममा कैलालीको सिपी अस्पतालमा दिउँसो १२ बजेतिर मृत घोषणा गरिएको थियो । गोबिन्दको मुत्युको खबरले एकातिर घरपरिवार शोकमा डुबेका थिए, भने अर्कातिर आक्र्रोसित नेपालीले घटना स्थलमा थप प्रर्दशन गरे ।

दोस्रो दिन पनि घटना स्थल तनावग्रस्थ नै रह्यो । पुनः दोस्रोदिन पनि दोहोरो फायरिङ्ग भयो । भारतीय सुरक्षाकर्मीबाट २५ राउड हवाई फायर, ५ आश्रुग्याँस प्रहार र नेपाली सुरक्षाकर्मीबाट ५ राउण्ड आशुँग्यास प्रहार गरिएको थियो । उता गोबिन्दको शव पोष्टमाष्टका लागि सेती अञ्चल अस्पतालमा राखिएको थियो । सरकारले गोबिन्दलाई शहीद घोषणा संगै राहत दिने प्रतिबद्धता जाहेर गरेपछि मात्रै ३ तीन पछि मात्रै आफन्तले शव बुझेका थिए ।
०७३ फागुन २९ गते दोदा नदीमा हजारौँको जनसागरकावीच गोबिन्दको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । घटना थप हुन नदिन नेपाली र भारतीय अधिकारीवीच तीन बुँदे मौखिक सहमतीपछि सीमा क्षेत्रमा तनाव रोकियो । गोली हान्नेलाई छानबिन गरी कार्बाही गर्ने, विवादित क्षेत्र कलर्भट हाललाई पक्की गर्ने कार्यलाई यथावत राखेर दुवै देशको सीमा विज्ञहरुको सहभागितामा सीमा निर्धारण गर्ने र दुवै देशका नागरिकलाई आवत जावतमा रोक लगाई उक्त सीमा नाका केहि दिनका लागि सिल गरिने मौखिक समझदारी भएको थियो ।
नेपाल–भारतका अधिकारीले यस्तो तीन बुँदे मौखिक सहमती गरेपनि आक्र्रोसित नेपालीले भने प्रर्दशन जारी राखेका थिए । प्रर्दशनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले घटनास्थलमा निषेधित ग¥यो । महिनौँ दिनसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो क्षेत्रमा परिचालन गरियो । घटना भए लगत्तै सशस्त्र प्रहरी बलले गोबिन्द बजारमा अस्थायी सीमा सुरक्षा बल राख्यो । आठ बर्षदेखि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको अस्थायी सीमा क्याम्प राखेको छ । तीन महिनासम्म घटना स्थल र असपासका क्षेत्रबाट समेत आवत जावतमा पुर्ण रोक लगाएपछि नेपालीको भरमा चलेको भारतीय बसही बजार बन्द नै भयो ।
बसही बजारका व्यवसायी पसलमा ताला लगाएर घरतिर लागेका थिए । भने दैनिक चलहपहल हुने गोबिन्द बजारपनि सुनसान भयो । आठ बर्षदेखि उक्त नाका बन्द रहेको छ । पुनर्वास नगरपालिका ४का वडाध्यक्ष मनोज प्रशाद जैसीले सहिद स्मृति बनाएको बताए । सोमबार पुनर्वासका उपप्रमुख भुलिया रानाले सहितको सालिकामा माल्र्यापण गर्दै सहिदले देखाएको बाटोमा अघि अबलम्बन गर्ने बताईन । नाला पारी भारतको बसही बजार वारी नेपालको तत्तकालिन आनन्द बजार थियो ।
नेपालीहरु दैनिक घरयासी र खुद्रा पसलको समान खरिदका लागि बसही बजार जान्थे । भारतीय नागरिक पनि नास्तादेखि नेपाली बजारमा समान उपभोगका लागि आनन्द बजार आउँथे । तर, नेपाली र भारतीय बजार जोड्ने नालामा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय पक्षबाट कञ्चनपुर पुर्नवासका नेपाली नागरिक गोबिन्द गौतम मारिएपछि भारती बजारचारबर्षदेखि ठप्प भएको छ । भने नेपाली बजार सुनसान भएको छ । पुर्नवासका स्थानीय सुरत रावलले घटना पछि उक्त नाकाबाट दुवै देशका नागरिकलाई आवत जावतमा रोक लगाएपछि भारतीय बसही बजार आठ बर्षदेखि पुर्ण ठप्प भएको बताए ।
नेपाली उपभोक्तामा आश्रित भारतीय बजारमा नेपाली जान छाडेपछि बसही बजार ठप्प भएको हो । भने तत्तकालिन आनन्द बजारमा भारतीय आउन छाडेपछि आनन्द बजार पनि सुनसान भएको थियो । घटना घटे लगत्तै सशस्त्र प्रहरी बलले आनन्द बजार सीमा क्षेत्रमा एक अस्थायी सशस्त्र प्रहरीको क्याम्प राखेको छ । सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने घटना दोहोरिन नदिनका लागि सशस्त्र प्रहरीले अस्थायी क्याम्प राखेको थियो । अहिले त्यहाँ बिओपी राखिएको छ ।
तर सीमा विवाद उस्तै छ । घटनाले सीमा क्षेत्रमा भातृत्वको भावना अनुसार बसोबास गर्दै आएका दुवै देशका नागरिकवीच केही सम्बन्धमा चिलो पन ल्याएपनि दुवै देशको कुटनीतिक र सरकारी मामलाका कारण सरकारी पक्षबाटै गोबिन्द मागरिएको महसुस गरिएपछि विस्तारै दुवै देशका नागरिक विच सद्भाव पुर्नजातृत भएको छ । भारतीय नागरिक देख्ने वितिकै गोबिन्दको घटना झल्झल्ती आँउने र भारतीयले नेपाली देख्ने वितिक्कै भारतीय प्रहरीसंग लड्ने आउने नेपाली सम्झने मनोवृति न्यूनिकरण भएको सीमा क्षेत्रका स्थानीयको भनाई छ ।
पुर्नवासका स्थानीय शेर बहादुर महराले घटनाले दुवै देशका नागरिकवीच तृक्तला ल्याएपनि विस्तारै न्यूनिकरण भएको बताए । भारतबाट नेपालका विभिन्न व्यवसाय गर्ने भारतीय नागरिक सहजै नेपाल आउने र नेपालबाट भारत समान ल्याउनका लागि सहजै भारत जान समस्या भएको बताउदै विस्तारै दुवै देशका नागरिकले यो नागरिक–नागरिक विचको समस्या नभई सरकारको मामला भएको महसुस गएपछि पुनः भाईचारको सम्बन्ध विस्तारै हुदै गएको छ । ‘यो नाकाबाट आवत जावत नभएपनि अन्य नाकाबाट दुवै देशका नागरिक ओहोरा दोहोर गर्दछ, ‘उनले भने, ‘निर्वाद रुपमा हामीका विचमा घनिष्ट भाईचारा रोटीवेटीको सम्बन्धी निरन्तर छ ।’
दुवै देशका सरकारी निकायवीचको आपसी विवाद विषयका कारण सीमा क्षेत्रमा बस्दै आएका नागरिक मारमा पर्दै आएको उनको भनाई छ । घटना लगत्तै भारतीय पक्षबाट गोबिन्द गौतम मारिएपछि पुर्नवासका स्थानीय बुद्धिजिवीको पहलमा गठन गरिएको शहीद गोबिन्द गौतम सीमा सुरक्षा संघर्ष समितिले सीमा सुरक्षाको मागलाई निरन्तरता दिएको छ । पुर्नवास नगरपालिका–४का स्थानीय युवक गोबिन्द गौतम मारिएपछि सरकारी निकायबाट शहीद परिवार र सघर्ष समितिसंग गरिएका प्रतिबद्धता पुरा भएका छैनन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>