Samriddhipost
२०८१ फागुन २८ गते बुधबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ फागुन २७ गते मङ्गलबार

दोधारा चाँदनीमा दुई दिने आधारभुत बेमौसमी तरकारी खेती तालिम

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा दुई दिने बेमौसमी तरकारी तालिम सुरु भएको छ् । एनआईसी एसिया लद्युबित्तय संस्था लिमिटेडको उपप्रदेश कार्यालय पुनर्वास र एनआईसी एसिया लद्युबित्तय संस्था लिमिटड दोधारा चाँदनी शाखा कार्यालयको आयोजनामा ४० जना महिला कृषकहरुलाई दुई दिने बेमौसमी तरकारी खेती तालिम सुरु गरिएको एनआईसी एसिया लद्युबित्तय संस्था लिमिटड दोधारा चाँदनी शाखा कार्यालयका शाखा प्रमुख रबिन्द्र शाहीले जानकारी दिनुभएको छ् । एनआईसी एसिया लद्युबित्तय संस्था लिमिटड दोधारा चाँदनी शाखा अन्तर्गत गठन भएका ९० वटा समुहहरु मध्य छनौट गरि ४० जना कृषकहरुलाई सहभागी बनाई दुई दिने तालिम संचालन गरिएको शाखा प्रमुख रबिन्द्र शाहीले बताउनुभयो । लद्युबित्तिय संस्थाले ऋण प्रवाह, बचत संकलन संगै ग्रामिण भेगका किसानहरुको जिवन स्तर उकास्न समय अनुकुल बिभिन्न कार्यक्रम गर्दै आएको शाखा प्रमुख रबिन्द्र शाहीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छरिएर रहेका समुहमा झण्डै ७ सय बढी आफ्ना सदस्य रहेको शाखा प्रमुख रबिन्द्र शाहीले बताउनुभयो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडीले किसानहरुको जिवन स्तर सुधार्न र आत्मनिर्भर बनाउन संचालन गरिएको बेमौसमी तरकारी खेती तालिम उत्साहजनक रहेको बताउनुभएको छ् । नगर क्षेत्रमा एनआईसी एसिया लद्युबित्तय संस्था लिमिटेडले गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यलाई अझै प्रभावकारी बनाउदै जानु पर्नेमा नगर प्रबक्ता हरिसिंह धनाडीले जोड दिनुभएको छ् । नगरप्रबक्ता हरिसिंह धनाडीले तालिमबाट सिकेको सीप र विषय वस्तुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्र तरकारी खेतीको लागि उपयुक्त क्षेत्र भएकोले उन्नत बैमौसमी तरकारी खेती गर्न सके मनग्य आम्दानी हुने नगरप्रबक्ता धनाडीले बताउनुभएको छ् । दुई दिने तालिममा सहभागी हुन पाउदा उत्पादनमा सघाउ पुग्ने तालिमका सहभागी महिला किसानहरुले बताएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>