Samriddhipost
२०८२ जेठ ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २८ गते बुधबार

अरनिको स्मृति दिवसको अवसरमा डोटी र कञ्चनपुरमा सचेतनामूलक भित्तेलेखन

नेपाल कमर्सियल आर्टिस्ट संघ कञ्चनपुरले अरनिको स्मृति दिवसको अवसरमा डोटी र कञ्चनपुरमा सचेतनामूलक भित्तेलेखन गरेका छन्। लागू पदार्थ दुव्र्यसनको बढ्दो समस्या प्रति जनचेतना फैलाउने उद्देश्यले संघले विभिन्न स्थानमा सन्देशमूलक भित्तेचित्रहरू तयार पारेका हुन्। नेपाल कमर्सियल आर्टिस्ट संघ कञ्चनपुरका अध्यक्ष दिनेश बिकेको नेतृत्वको टोलीले कञ्चनपुरदेखी डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर ४ को चौखुट्टेसम्मका विभिन्न स्थानमा लागू औषध दुव्र्यसनविरुद्धको सन्देश प्रवाह गर्ने कोटेसन वाल पेन्टिङ गरेका छन्।
 
सचेतनामूलक भित्तेलेखन कार्यमा कृष्णपुर नगरपालिकाका अध्यक्ष अमरसिंह चौधरी सहितको सहभागिता रहेको थियो। प्रहरीले कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्याएको जनाइएको छ। प्रहरी चौकी सनागाउँ डोटीका इन्चार्ज सहायक प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेले कलाकारहरूको प्रयासलाई सराहनीय बताउँदै आभार व्यक्त गर्नुभयो । नेपाल कमर्सियल आर्टिस्ट संघ कञ्चनपुर जिल्ला कार्यसमितिले अरनिको स्मृति दिवसको अवसरमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएको छ। 
यस वर्ष पनि संघका अध्यक्ष दिनेश बिक, कृष्णपुर पालिका प्रमुख अमरसिंह चौधरी, बेलौरी पालिका प्रमुख तुलसीराम चौधरी, संघका जिल्ला सदस्य प्रकाशराम तिरुवा, जगन्नाथ राना, सहसचिव कृपाल चौधरी, तथा बेलौरी पालिका सदस्य गजेन्द्र रानासहितको टोलीले पूर्वी चौकी गाउँपालिका ४ को साँझघाट, सानागाउँ, अछाम, डोटी सीमामा पर्ने चौखुट्टे बजार, बेलौरी नगरपालिकाको अस्थायी ट्राफिक प्रहरी पोस्ट र शोभा ताल आसपासका स्थानहरूमा लागू औषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक भित्तेलेखन गरेका छन्। संघका कलाकारहरूले समाजलाई सकारात्मक संदेश प्रवाह गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>