Samriddhipost
२०८२ जेठ ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २८ गते बुधबार

मेयर लिम्बुको पहलमा ‘चाँदनी खानेपानी आयोजना’ पुन: सञ्चालनमा ल्याउने तयारी

बन्द रहेको ‘चाँदनी खानेपानी आयोजना’ पुन: संचालनमा ल्याउने तयारी भईरहेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा बन्द रहेको चाँदनी खानेपानी आयोजना पुन: संचालनमा ल्याउने तयारी भईरहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । २०७४ साल तिर बन्द रहेको ‘चाँदनी खानेपानी आयोजना’ पुन: संचालनको लागी आफुले पहल थालेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । मंगलवार र सोमवार गरि खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयको प्राविधीक टोलीले चाँदनी खानेपानी आयोजनाको चेकजाँच गरि फर्केको छ् । बन्द रहेको ‘चाँदनी खानेपानी आयोजना’ चाँदनीलाई पुन: सुचारु गर्न केन्द्रीय खानेपानी मन्त्रालयमा पहल भईरहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । झण्डै १५ सय घरधुरीलाई लाभान्भित हुने ‘चाँदनी खानेपानी आयोजना’ लाई चाडै संचालनमा ल्याउन आफुले केन्द्रीय खानेपानी बिभागमा पहल गरिरहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । २२ हजार ५ सय लिटर ट्यांकी क्षमता भएको ‘चाँदनी खानेपानी आयोजना’ आर्थिक वर्ष २०५८/५९ मा निमार्ण सकेर खानेपानी उपलब्धता गराउदै आएको थियो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ वडाका स्थानियबासीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउदै आएको ‘चाँदनी खानेपानी आयोजना’ प्राविधिक कारण देखाउदै बन्द भएपछि स्थानियबासीहरुले सास्ती खेप्दै आएका हुन् । नगर प्रमुख किशोर कुमार लिम्बुले ‘चाँदनी खानेपानी आयोजना’ पुन: संचालन संगै दोधारा चाँदनी नगरपालिका– ७ मा अधुरो ‘दोधारा खानेपानी आयोजना’ संचालनमा ल्याउन केन्द्रीय खानेपानी बिभागमा पहल गरिरहेको बताउनुभएको छ् । ‘चाँदनी खानेपानी आयोजना’ मर्मत गर्नुृ पर्ने र ‘दोधारा खानेपानी आयोजना’ को संरचना निमार्ण गर्नु पर्ने भएको हुदा केन्द्रिय खानेपानी मन्त्रालयमा लेखि पठाउने काम भईरहेको उहाँले बताउनुभयो । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>