Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २९ गते बिहिबार

काग्रेस डडेल्धुराका सभापतिकाे निर्माण कम्पनि कालाेसुचिमा

नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा निर्माण व्यवसायी भीमबहादुर साउँदको कम्पनी राजेन्द्र निर्माण सेवा कालोसूचीमा परेको छ। पुरातत्व विभागको सिफारिसमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले साउँदको कम्पनीसहित आठ निर्माण व्यवसायी फर्मलाई कालोसूचीमा राखेको हो।
राजेन्द्र निर्माण सेवाले ललितपुरको शंखमुलस्थित जगत नारायण मन्दिर पुनर्निर्माणको ठेक्का लिएको थियो। तर पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि पुरातत्व विभागको सिफारिसमा उक्त कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयकी कानुन अधिकृत संगीता महर्जनले बताइन्।
अनुगमन कार्यालयले बुधबार प्रकाशित सूचनामा अन्य सात निर्माण कम्पनी पनि कालोसूचीमा परेको उल्लेख गरेको छ। सार्वजनिक निकायसँग सम्झौता गरे पनि सन्तोषजनक रूपमा काम नगरेका कारण यी कम्पनीहरूलाई कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधि भरि सरकारी खरिद प्रक्रियामा भाग लिन पाउदैनन्।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>