Samriddhipost
२०८२ माघ १८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २९ गते बिहिबार

दोधारा चाँदनीमा कृषी समुहमा आबद्ध किसानलाई तिन दिने कृषि सम्बन्धी तालिम

कञ्चनपुरको दोधारा चाँदनीमा कृषी समुहमा आबद्ध रहेका सक्रिय किसानहरुलाई तिन दिने कृषी सम्बन्धी तालिम प्रदान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने कृषी समुहमा आबद्ध सक्रिय २५ जना किसानहरुलाई तिन दिने कृषी सम्बन्धी तालिम बुधवार सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । वडा कार्यालयको चालु आर्थिक वर्ष योजना तथा कार्यक्रम अनुसार कृषी उत्पादनमा जोड दिन कृषी सम्बन्धी तालिम सञ्चालन गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो । तालिममा आधुनिक खेती प्रणाली, विषादी रहित तरकारी उत्पादन, उत्पादित तरकारीको बजारिकरण लगाएतको विषयमा प्रशिक्षण गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । कम्तीमा भान्सामा अर्गानिक तरकारी पुग्न सकोस् भन्ने उदेश्यले संचालित तालिमबाट किसानहरुको जिविकोपार्जन समेत गर्न सक्ने वडाध्यक्ष धनाडीको भनाई रहेको छ् । तिन दिने तालिमका उक सहभागी गोमती जोशीले तालिममा सहभागी भई धेरै कुरा सिक्न पाएको भन्दै खुशी ब्यक्त गर्नुभएको छ् । प्रयोगात्मक विधी मार्फत बिरुवा काट छाँट, छापो राख्ने तथा बिरुवामा लागेको रोग र किराको पहिचान गरी विषाधी साथै भिटामिन प्रयोग गर्ने लगाएत बजारिकरण कसरी सहज बनाउने भन्ने बिषयमा आफुहरुले जान्न पाएको तालिमका सहभागी गोमती जोशीले बताउनुभयो । आगामी दिनहरुमा किसानहरुको आर्थिकपार्जन संग जोडिएको बिभिन्न खाले कार्यक्रम संचालन गर्न गोमती जोशीले जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ् । तालिमका सहभागीहरुलाई बिउ, बिजन संगै प्रमाण पत्र प्रदान गरिएको वडा कार्यालयले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>