Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ ०९ गते आइतबार

कृष्ण पादुका भेटिएको ठाउमा मन्दिर निर्माण कार्य सुरू

प्रकाश दत्त भट्ट - जोरायल गाउँपालिकाको वडा न २ को सत्चौर नजिक रहेको कृष्ण पादुका भेटिएको ठाउमा नेपालका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूशीत बाल सन्त मोहनसरण देवाचार्य महाराजश्रीद्वारा कृष्ण पादुकामा सुरू गरिएको अनुष्ठान सम्पन्न भएको छ । अनुष्ठान सम्पन्न भए लगत्तै मन्दिर निर्माणकार्य सुरू भएको छ ।

स्कन्ध पुराणको सातवटा खण्ड मध्ये मानस खण्डमा उल्लेख भए अनुसार फलाद्रि पर्वत हालको फल्टुडे देखि उत्तर कालिन्दी नदी हालको कमला नदीको उत्तरी भागतिरको खसरेको सिरानीमा रहेको कृष्ण पादुकामा अनुष्ठान यहीँ माघ १ गतेदेखि  ८ गतेसम्म चलेको हो । विभिन्न स्थानबाट आएका हजारौं श्रद्धालु भक्तजनहरुको समउपस्थितीमा सम्पन्न यस भव्य कार्यक्रमको अन्तिम दिन सुदूरपश्चिम प्रदेशका माननीय  मुख्य मन्त्री त्रिलोचन भट्ट , जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा , गा पा उपाध्यक्ष जमुना बोहराको उपस्थितिमा कार्यक्रम समापन भएको छ । माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यूले यस  धार्मिक क्षेत्रको आवश्यक भौतिक पुर्वाधार निर्माण कार्यमा सहयोग गर्ने वचन दिनु भएको छ । यस मन्दिर निर्माण कार्यमा श्रद्धालु भक्तजनहरुको सहयोगको अपेक्षा पनि गरिएको छ ।

कसरी पुग्न सकिन्छ यो स्थानमा जोरायल गाउँपालिकाको वडा न २ को सत्चौर नजिक रहेको छ । फल्टुडे बाट हिडेपछि खसरेको उकालो काट्ने बित्तिकै पूरानो विष्णु पादुका भनिएको स्थान नै कृष्ण पादुका रहेको स्थान हो । यस स्थान सम्म आइपुग्न फलटुडे र बुडर बजार दुबैतिर बाट सडक बाटोको व्यवस्था छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>