Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ०५ गते मङ्गलबार

स्थानीय सेवागठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा अगाडि धर्ना गर्दै

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि स्थानिय तहका कर्मचारिहरुले धर्ना गरेका छन । साेमबार गरेकाे धर्ना आज मंगलबार समेत धर्ना दिने र २ बजे पछि प्रदेश सभामा भर्ना दिने एक विज्ञप्ति जारि गरेर उल्लेख गरेका छन ।
 सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवागठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि र साे उप्रान्त प्रदेश सभामा धर्ना दिने भएका हुन्।
कर्मचारीहरूले सोमबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलन सुरू गरेका हुन।  फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन् ।
प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा विचाराधीन रहेको विद्येयकमा रहेको व्यवस्था हेरफेर हुनुपर्ने माग गर्दै माओवादी र रास्वपाका निकट विद्यार्थीहरू आन्दोलित भएका बेला कर्मचारीहरू समेत आन्दोलनमा उत्रिका हुन् । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक-२०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>