लालझाडी गाउँपालिका–४ स्थित जयदुर्गे सामुदायिक वनमा सालको रुख कटानी गरेको आरोपमा अध्यक्षलाई पक्राउ गरिएको छ। रुख कटानीको आरोपमा सामुदायिक वनका अध्यक्ष दानसिंह कार्कीलाई पक्राउ गरिएको हो।
सामुदायिक अध्याक्षकै संलग्नतामा सालको रुख काटिएपछि उनलाई पक्राउ गरिएको लालझाडी सवडिभिजन वन कार्यालयका प्रमुख करुणकर जाेशीले बताए। उनका अनुसार उनीसँगै सालको २८.३४ क्यूफिट काठ बरामद गरिएको छ।
उनलाई वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार कारबाही गरिने वन अधिकृत जाेशीले बताए। ‘उनीमाथि अनुसन्धान गरिरहेका छौं, उनलाई वन ऐन अनुसार कारबाही हुन्छ।’
स्थानिय युवाहरुले रुख काटिएकाे भन्दै जंगलै पुगेर काठ खाेजि गरेका थिए
थप बिवरण तलकाे भिडियाेमा
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया