Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ चैत ०७ गते बिहिबार

दोधारा चाँदनीमा तिन महिने क्रिकेटको प्रशिक्षण सुरु, योग्य खेलाडी उत्पादन हुने बिश्वास

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका क्रिकेट प्रशिक्षण सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका युवाहरुको माँगलाई ध्यानमा राख्दै क्रिकेट प्रशिक्षण सुरु गरेको दोधारा चाँदनी नगरपालिका नगर बिकास समितिका अध्यक्ष दिवान चन्दले जानकारी दिनुभएको छ् । 
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा क्रिकेटका क्रेज बढ्दो रहेको र युवाहरुको माँग भए अनुसार ३ महिने क्रिकेट प्रशिक्षण सुरु गरिएको नगर बिकास समितिका अध्यक्ष दिवान चन्दले बताउनुभएको छ् । उहाँले नगर क्षेत्रका ६० जना युवाहरुलाई प्रशिक्षण दिईन लागिएको बताउनुभएको छ् ।
 अहिले क्रिकेटको प्रशिक्षण सुरु गरिएको चाडै फुटवलका प्रशिक्षण गर्न नगर खेलकुद बिकास समितीले तयारी गरेको नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्दले बताउनुभयो । क्रिकेट प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाले नगरको खेलकुदको बिकास गर्न लगानी गर्दै आएको बताउनुभएको छ् । 
क्रिकेटमा नेपालले मुहार फेरे संगै क्रिकेट नगर क्षेत्रमा खेलमा रुची राख्ने युवाहरुको जमात बढेको बताउनुभयो । नेपालमा खेलको माध्यमबाटै देशलाई समृद्ध बनाउन सकिने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । खेलले एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्ने बताउदै आर्थिक, सामाजिक तथा खेलकुद विकासमा ध्यान दिन केन्द्र र प्रदेश सरकारलाई नगरप्रमुख लिम्बुले आग्रह गर्नुभएको छ् । खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने उहाँको भनाई छ् । कार्यक्रममा १५ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा छनौट प्रतियोगितामा पदक बिजयता खेलाडीहरुलाई सम्मान सहित नगद धनरासी समेत प्रदान गरिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>