Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ०७ गते बिहिबार

हात्ती मृत भेटिएकाे खेत धनी राना पक्राउ

लालझाडी गाउँपालिका–४ पर्सियामा जंगली हात्ती मृत्यु भएको घटनामा एक जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले पर्सियाका ओमप्रकाश रानालाई पक्राउ गरेको हो । रानाकै खेतमा हात्ती मृत अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्तीको मृत्यु भएको रिपोर्ट आएपछि रानालाई पक्राउ गरिएको लालझाडी सब–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले बताए ।

 

फागुन ७ गते पर्सियामा खेतबारीमा वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको थियो । हात्ती मृत भेटिएको स्थानमा विद्युतीय धरापका लागि राखिएको ग्याबिन तारसमेत भेटिएको थियो । हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मृत्यु भएको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए ।

 

रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।

 

पक्राउ परेका रानाले प्रारम्भिक बयानमा गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार राखिएको बताएको जोशीले बताए । घटनाबारे थप अनुसन्धानको काम भइरहेको जोशीले बताए । हात्ती मृत भेटिएको गहुँबारी लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा पर्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>