Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १० गते सोमबार

बैंकहरुकाे नाफा दाेस्राे त्रैमासमा कस्काे नाफा कति

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।
गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैङ्कले दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो । यस अवधिसम्म बैङ्कको वितरणयोग्य नाफा एकअर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ । यसअघि नबिल र एनआईसी एसिया बैङ्क नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको विवरणअनुसार भने ग्लोबल आईएमई बैङ्क नाफामा पनि अगाडि देखिएको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>