Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १० गते सोमबार

६ आेटा कम्पनिले पायाे आईपिआे काे अनुमति कुन कप्पनिकाे कति

नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले माघ ९ गते आइतबार बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।
बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।

यस्तै जाल्पा लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

बालेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ। यस्तै ग्रिन भेन्चरकाे लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ।

राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल र इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>