Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत १४ गते बिहिबार

घरदैलोमा स्वास्थ्य सेवा दिने अभिप्रायले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बृद्ध बृद्धाहरुलाई एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको आयोजनामा ६० वर्ष भन्दा माथीका बृद्ध बृद्धाहरुलाई एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार अति विपन्न तथा दीर्घरोगीहरु कार्यक्रमबाट प्रत्यक्ष लाभाम्वीत हुने बिश्वास गरिएको छ् । ज्येष्ठ नागरिकहरु समाजको धरोहर भएका कारण उनिहरुको स्वास्थ्य प्रति परिवार र समाजले चाँसो लिनुपर्ने वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो । उहाँले उमेर ढल्कदै जाँदा ज्येष्ठ नागरिकहरुमा हरेक स्वास्थ्य समस्या बढदै जाने हुदा स्वास्थ्यको ख्याल गर्नका लागि शिविरमा उपस्थित बृद्ध बृद्धाहरुलाई आग्रह गर्नुभएको छ् । टाढा अस्पतालमा पुगेर उपचार गर्न नसक्ने अवस्था रहेका अति विपन्न तथा दीर्घरोगीहरु कार्यक्रमबाट प्रत्यक्ष लाभाम्वीत हुने वडाध्यक्ष धनाडीले विश्वास व्यक्त गर्नुभयो । शिविरमा बिशेष गरि मधुमेह, दम र रक्तचापका विरामीहरुको निदान तथा उपचार गरिएको हो । दोधारा चाँदनी नगर अस्पतालका डा. आदित्य कुमार बर्माको टोलीले शिविरमा स्वास्थ्य परिक्षणका साथै उपचार गर्नुभएको छ् । ६० वर्ष भन्दा माथीका बृद्ध बृद्धाहरुलाई मधुमेह, दम र रक्तचाप परिक्षणका साथै उपचार गरिएको डा. आदित्य कुमार बर्माले बताउनुभयो । उपचारको क्रममा बढी समस्या भएका बिरामीहरुलाई नगर अस्पतालमा बोलाएर उपचार गर्ने कार्यक्रम रहेको डा. आदित्य कुमार बर्माले बताउनुभएको छ् । शिविरमा देखिएका बिरामीहरुलाई निशुल्क औषधी समेत बितरण गरिएको उहाँले बताउनुभयो । वडामा झण्डै ३ सय बढी ६० वर्ष भन्दा माथीका बृद्ध बृद्धाहरु रहेको दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयले जनाएको छ् । घर आँगनमा वडा कार्यालयले निशुल्क स्वास्थ्य शिविर संचालन गरि गरिब तथा विपन्न बृद्ध बृद्धाको वडा कार्यालयले स्वास्थ्यमा ख्याल राखेको भन्दै स्थानियबासीहरुले खुशी ब्यक्त गरेका छन् । 

  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>